काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकलाई थप सेवा उपलब्ध गराउन सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ।
सम्पूर्ण प्याकेजको रुपमा रहेको यो सुविधाले नेपालभर निर्वाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाका साथै भारत यात्रा गर्नेले विशेष लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुलाई चिन्तामुक्त यात्राको अनुभव लिन मद्दत गर्छ।
यसले ग्राहकलाई यात्राका बेला बिनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाध रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्दछ। भारत भ्रमणका बेलामा ग्राहकले प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल भारतभित्रै र नेपाल कल गर्न सकिने सेवा प्राप्त गर्नेछन्।
यसबाहेक प्याकमा भारत भ्रमण गर्दा कुनै दुर्घटना भए १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेटिएको एनसेलले बताएको छ।
करसहित १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधा, रोमिङ सेवा, र बिमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बिमासहितको सुरक्षा दिने कम्पनीको भनाइ छ।
‘हामी विशेषगरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं। सधैं अन १७९९ रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल र मनोरञ्जनका लागि विकल्पसहित सम्पूर्ण सञ्चार आवश्यकता पूरा गर्न डिजाइन गरिएको छ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।