काठमाडौं। सामसुङ नेपालले पहिलो पटक नयाँ ग्यालेक्सी ए पफाइभ६ फाइभजी स्मार्ट फोनको प्रि(अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताले नयाँ ग्यालेक्सी एफाइभ६ फाइभजी प्रि(अर्डर गरी विशेष अफरको लाभ उठाउन सक्नेछन्।
ग्यालेक्सी एफाइभ६ फाइभजीले पहिलोपटक अवेसम इन्टिलिजेन्स सहितको एआई अनुभव दिने कम्पनीको दाबी छ। अन यूआई७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुल प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए शृंखलामा सामेल भएको नयाँ सिरिजले ए आई फर अल अभियानलाई मजबुत बनाउने बताए।
प्रि-अर्डर
२००० रूपैयाँ तिरेर ग्यालेक्सी एफाइभ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ।
प्रि(अर्डर गर्ने ग्राहकले ७९९९ मूल्य पर्ने ग्यालेक्सी फिट३ ३९९९ मा प्राप्त गर्ने अवसर पाउनेछन्।
उपलब्ध भेरियन्ट
१२ ीबी र्याम प्लस २५६ जीबी स्टोरेजको मूल्य ७०,९९९
८ जीबी र्याम प्लस २५६ जीबी स्टोरेजको मूल्य ६५,९९९ पर्छ।
तीन रङमा उपलब्ध यो मोबाइल सबकोफोन अर्कोस्टोरमार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एफाइभ६मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।
यस्तै, इन्स्टेन्ट फाइनान्सअन्तर्गत हुला फिनसर्भ हायर पर्चेज मार्फत देशभरका आधिकारिक सामसुङ स्टोरमा शून्य प्रतिशत ब्याजदरमा इएमआइ योजनामा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।