काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसले नेपालको विकास निर्माण, पर्यटन, होटल व्यवसायलाई प्रभावित बनाएको छ । सोहि कारण चिनियाँ सहयोगमा निर्माण हुन लागेको रसुवागढी नाका जोड्ने गल्छी–स्याफ्रुवेशी र पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकको निर्माण प्रभावित भएको छ ।
यी दुई सडक निर्माणको काम चिनीयाँ कम्पनीले गदै आएको थियो । चीनमा कोरोना भाइरस फैलिएकाले कामदार आउन नपाउँदा दुई सडक निर्माणको काम प्रभावित भएको सडक विभाग अन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
सडक निर्माण गर्ने ठेकेदार कम्पनीका कामदार चीन पुगेपछि कोरोना भाइरस फैलीएकाले फर्कन नपाएको हो । उनले भने ‘चीनमा कोरोना भाइरसको संक्रमण देखिएकाले नेपाल सरकारले चीनबाट आउन रोक लगाउनुका साथै चिनीयाँ नाका बन्द नै गरको छ । कोरोना भाइरस नियन्त्रणामा आए पछि मात्र चिनियाँ कामदार आउने हुदाँ अहिले काम राकिएको छ ।’
अब चिनियाँ कामदार आएपछि मात्र सडक निर्माणको काम अगाडी बढ्ने प्रमुख थापाले बताए । रसुवागढी नाका जोड्ने गल्छी—त्रिशूली—स्याफ्रुवेशी—रसुवागढी सडक निर्माण २०७२ मङ्सिरदेखि निर्माण सुरु भएको छ ।
६४ किलोमिटरको उक्त सडक खण्डमध्ये स्याफ्रुबेसी—रसुवागढी खण्डको १८ प्रतिशत चीन सरकारले काम गरिरहेको छ । उत्तरी छिमेकी चीनसँग जोड्ने लाइफ लाइन मानिने उक्त सडक विस्तार भएपछि दुईदेशीय पारवहन सहज हुने छ । उक्त सडक गल्छी, वेत्रावती धुन्चे, स्याफ्रुबेसी र रसुवागढी हुँदै केरुङसम्म पुग्ने सडकखण्ड हो ।
सडक विस्तार तथा स्तरोन्नति गर्न १४ पक्की पुलसहित ९ अर्ब लागत लाग्ने बताइएको छ । यस वर्ष करिब ७० करोड रुपैयाँ छुट्याएर सडक स्तरोन्नतिको काम भइरहेको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए ।
सडक विस्तार तथा स्तरोन्नतीको काम एक वर्षभित्र सम्पन्न गर्ने योजना रहे पनि भाइरसको प्रभावले काम रोकिएको देवकोटाको भनाइ छ ।
त्यस्तै, नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडक करिव १५ अर्ब रूपैयाँको लागतमा बन्न लागेको हो । उक्त सडक निर्माणका लागि एशियाली विकास बैंकको ८५ प्रतिशत रकम ऋण सहयोग र बाँकी नेपाल सरकारले खर्च गरिरहेको छ ।
चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम गरिरहेको छ । त्यसैले उक्त सडक खण्डमा चिनीयाँ कामदारले नै निर्माण गर्न लागेकाले उनीहरु पनि चिन गएकाले यहाँको पनि काम रोकिएको छ ।
‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । आयोजनाको ठेक्का गएको २०७६ पुस ४ गते भएको थियो यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।