काठमाडौं। दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आफ्नो व्यवसाय जोगाउन निरन्तर लडिरहेका बेला सरकारी स्वामित्वको नेपाल टेलिकम नेतृत्व चिर निन्द्रामा परेपछि विभागीय मन्त्री पृथ्वी सुब्बा गुरुङ टेलिकम एमडी (प्रबन्ध निर्देशक)सँग असन्तुष्ट बनेका छन्। सरकारको लगानी रहेको संस्थाको व्यावसायिक यात्रा ओरालो लाग्दासमेत वर्तामान नेतृत्व नजागेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ एमडी संगिता पहाडीसँग रिसाएका हुन्।
नीतिगत सुधारमार्फत टेलिकम उद्योग जोगाउन एनसेल अहोरात्र खटिइरहेको छ। ‘सरकारको लगानी भएको राष्ट्रको सञ्चारको नेतृत्व गरिरहेका व्यक्ति अझै ब्युझिँएका छैनन्, बारम्बार मन्त्रीज्यूले ब्युत्याउने प्रयास गर्दा पनि सफल भएको हुनुभएको छैन्,’ सञ्चार मन्त्रालय स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘पहाडीका कारण टेलिकमको भविष्य झन्झन ओरालो लागिरहेको छ। टेलिकमका आर्थिक सूचकहरु दिनदिनै दयनीय भइरहेका छन्। कसरी लयमा फर्काउन सकिन्छ भनेर मन्त्रीज्यूले पटकपटक सोधि सक्नु भयो। अहिलेसम्म कुनै योजना आएको छैन।’
सरकारी स्वामित्वको एक मात्रै दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम नेतृत्व निदाएको नाटक गरेर सुतेकाले मन्त्री गुरुङले ब्युत्याउन सकेका छैनन्। टेलिकमको आम्दानी निरन्तर संकुचित बन्दै गएको स्थितिमा पनि सुधारको काम गर्न नसकेको भन्दै अर्यालको आलोचना हुँदै आएको छ। स्वयम् सञ्चारमन्त्रालयले टेलिकमको व्यापार तथा आम्दानी बढाउन गर्नुपर्ने काम तथा कार्ययोजना माग गर्दा समेत अर्याल त्यसतर्फ अग्रसर नभएको तर्क मन्त्री गुरुङले गर्दै आएका छन्।
‘टेलिकमको व्यापार निरन्तर संकुचित बन्दै गएको छ। यस्तो स्थितिमा मन्त्रालयबाट समस्या र समाधानका उपायहरु जानकारी गराउन टेलिकम नेतृत्वलाई पटकपटक आग्रह पनि भएको छ,’ मन्त्रालय सचिवालय स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, यो पाटोमा एमडी अर्याल कमजोर सावित भएकी छिन्। कार्य सम्पादनमा देखिएको कमजोर भूमिकाले मन्त्री गुरुङ लामो समयदेखि असन्तुष्ट छन्।’
मन्त्रालय सचिवालयका अनुसार मन्त्री गुरुङ अर्यालको भूमिकाप्रति रुष्ट अवस्थामा छन्। तर, अघिल्लो सरकारले नियुक्ती दिइएको एमडी भएकाले सहजै चलाउन सक्ने स्थितिमा मन्त्री गुरुङ छैनन्। यदी चलाएको खण्डमा उनीमाथि राजनीतिक प्रतिसोध साँधेको आरोप लाग्ने पनि निश्चित छ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरेको बताएको छ। यस्तै राज्यलाई १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरेको कम्पनीको दाबी छ।
त्यसैले पनि मन्त्री गुरुङ मौन बस्नुपर्ने बाध्यात्मक स्थिति रहेको मन्त्रालय स्रोतले जनाएको छ। ‘टेलिकमको आम्दानी निरन्तर खुम्चिदै गएकाले आगामी दिनमा टेलिकमको अस्तित्व नै समाप्त नहोला भन्न सकिन्न। यस्तो स्थितिमा आम्दानी बढाउन नेतृत्वले प्रमुख भूमिका खेल्नुपर्ने हो,’ स्रोतले भन्यो, ‘तर, एमडी अर्याल निष्क्रिय अवस्थामा छिन्, जसका कारण पहिलादेखि नै मन्त्रीले असन्तुष्टि व्यक्त गर्दै आएका हुन्।’
स्रोतका अनुसार मन्त्री गुरुङले एमडी अर्यालले काम गर्न नसकेको विषय उठाउँदै आएका छन्। अर्यालले माओवादी केन्द्रकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेकी रेखा शर्माको समयमा नियुक्ती पाएकी थिइन्।
२०८१ भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको थियो। यद्यपि, २०८१ पुस १७ देखि नै उनले निमित्तका रूपमा कार्य सम्पादन गर्दै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो। त्यसपछि पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए। जसमध्येबाट अर्याल नियुक्ती भएकी थिइन्। माओवादी नेतृत्वमा हुँदा त्यहाँ पु¥याएको व्यक्तिलाई एमाले सरकारले नसहेको भन्दै आलोचना हुँदै आएको छ।
पछिल्लो सात वर्षको टेलिकम आम्दानी तथ्यांक
दूरसञ्चार क्षेत्रको नियामक नेपाल प्राधिकरणको तथ्यांकअनुसार २०७४/७५ मा नेपाल टेलिकमको आम्दानी ३८ अर्ब ९९ करोड रुपैयाँ थियो। यसबाट घटेर २०७५/७६ मा ३६ अर्ब ८४ करोड र २०७६/७७ मा ३४ अर्ब ४४ करोड रुपैयाँ आम्दानी भएको देखिन्छ।
यसपछि बढेर टेलिकमको आम्दानी २०७७/७८ मा ३५ अर्ब ४९ करोड र २०७८/७९ मा ३७ अर्ब ५५ करोड रुपैयाँ पुग्यो। आर्थिक वर्ष २०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवम् घोतमा कट्टीकरबापत आफ्नो कुल आयको ६४.०३ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पु¥याएकोमा गत आर्थिक वर्ष ८०/८१ मा कुल ४१ अर्ब ५९ करोडको योगदान पुर्याएको थियो।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरेको बताएको छ। यस्तै राज्यलाई १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरेको कम्पनीको दाबी छ।
ग्राहक संख्यामा निरन्तर वृद्धि
आम्दानी संकुचित बन्दै गए पनि टेलिकम ग्राहक संख्या निरन्तर वृद्धि भएको प्राधिकरण तथ्यांकमा देखिन्छ। आर्थिक वर्ष २०७४÷७५ मा टेलिकम ग्राहक संख्या ९१ लाख ५७ हजार, २०७५/७६ मा १ करोड ६ लाख, २०७६/७७ मा १ करोड ३५ लाख, २०७७/७८ मा १ करोड ९२ लाख र २०७८/७९ मा १ करोड ९६ लाख रहेको थियो।
हाल २०८१ मंसिर अन्त्यसम्ममा कम्पनी ग्राहक २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार, पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिरको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।
वर्तमान वित्तीय स्थिति
चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको नाफा ३२.९७ प्रतिशतले घटेको छ। कम्पनीले पुस मसान्तसम्म कुल २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर,गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै,कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशतले घटेर २ अर्ब ३४ करोड ३० लाख रुपैयाँ भएको छ भने कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशतले घटेर ७ करोड ६७ लाखमा सीमित भएको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ।
यसैगरी कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ। टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी १८ अर्ब छ भने रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ।