काठमाडौं। चिनियाँ अटो निर्माता चेरीअन्तर्गतको ईभी ब्राण्ड ओमोडा नेपाल आएको एक वर्ष पूरा भएको छ। अघिल्लो वर्षको मार्च महिनामा नेपाल आएको ओमोडा ई–५ मोडलसहित ईभी बजारमा प्रवेश गरेको थियो।
नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले त्यसपछि नाडा अटो शो २०२४ मा सोही ब्राण्डअन्तर्गको अर्को ईभी जेको जे ६ नेपाल ल्याएको थियो।
ओमोडा ब्राण्ड नेपाल भित्रिएको एक वर्ष पूरा भएको अवसर पारेर एसपीजी अटोमोबाइल्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले ओमोडा र जेकोका ८५० ईभी नेपालमा बिक्री भएको जानकारी गराए।
‘एक वर्षको यस छोटो अवधिमा हामीले ८५० बढी ओमोडारजेको ईभी बिक्री गर्न सफल भएका छौँ। यी गाडीलाई नेपाली ईभी पारखीले मन पराउनु भएको छ। गाडी बिक्रीसँगै बिक्रीपछिको सेवालाई समेत हामीले उत्तिकै जोड दिएका छौँ,’ उनले भने।
एपपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले ओमोडा नेपाल भित्रिएको एक वर्ष अवधिमा कम्पनीले गरेका विभिन्न गतिविधिबारे जानकारी गराए। उनले भने, ुसरकारको अस्थिर नीतिका बावजुत पनि हामीले एक वर्षको अवधिमा ८५० बढी ईभी बिक्री गर्न सफल भएका छौँ। आजका दिनमा ओमोडारजेको नेपालको ईभी एसयूभी बजारमा तेस्रो स्थानमा छ। देशभर १७ वटा शोरुम र सर्भिस सेन्टर संचालनमा छन् भने हाल ३० भन्दा बढी डिसी फास्ट चार्जिङ नेटवर्क विस्तार भइसकेको छ। छिट्टै यसलाई बढाएर १०० यूनिट पुर्याउने योजनमा छौँ।’
एसपीजी अटोमोबाइल्सले अबको केही महिनाभित्रै जेको ब्राण्डको दुई नयाँ ईभी नेपाल ल्याउने तयारी थालिसकेको चन्दको भनाइ छ। ‘हामी अबको केही महिनाभित्रै जेको जे५ र भी२३ मोडल लञ्च गर्ने तयारीमा छौँ। यी मोडलसमेत आएपछि नेपालमा ओमोडा र जेकोको प्रडक्ट लाइनअप थप फराकिले बन्ने छ,’ उनले भने।
५ लाख १५ हजार रुपैयाँसम्म छुट
ओमोडा नेपाल आएको एक वर्ष पूरा गरेको अवसरमा एसपीजी अटोमोबाइल्सले ५ लाख १५ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।
कम्पनीका अनुसार ओमोडा र जेकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ नगद छुट पाउने छन् भने २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज तथा अन्य सुविधमा पाउने छन्।
जसमा ग्राहकले एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने छन्। साथै, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका ब्याट्री र मोटरमा वारेन्टि प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकले हरेक जेको तथा ओमोडाको खरिदमा ७ किलोवाट क्षमताको वाल चार्जरसमेत निशुल्क पाउने छन्। अफर आगामी ३१ मार्चसम्म मात्रै लागू हुने कम्पनीको भनाइ छ।