काठमाडौं। नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ सुरु गरेपछि निजी क्षेत्र निरास भएको छ। आर्थिक मन्दीको कारण सुस्ताएको औद्योगिक क्षेत्रमा सरकारले १२ घण्टासम्म लोडसेडिङ सुरु गरेपछि निरास हुँदै विरोधमा उत्रिएको छ।
औद्योगिक वातावरणलाई सहज बनाउँदै नयाँ लगानीकर्तालाई आकर्षित गराउनुपर्ने बेला १२ घण्टासम्म लोडसेडिङ गरेर मुलुकमा उद्योग सञ्चालन नगर्नतर्फ प्रेरित गरेको ठहर व्यवसायिक संघगठनले गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघले लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेको जनाएको छ। ‘नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पु¥याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ,’ महासंघले भनेको छ ‘मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ।’
यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ।
औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको ठहर महासंघले गरेको छ। बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, सम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन्।
यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ।
उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न महासंघले सरकारसँग आग्रह गरेको छ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रहसमेत महासंघले गरेको छ।
मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको हुन सक्ने जनाएको छ।
नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरेर औधोगिक वातावरण नै विगार्न थालेको भन्दै विरोध जनाएको छ। ‘प्राधिकरणको यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ,’ परिसंघले भनेको छ ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो।’
मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको हुन सक्ने जनाएको छ।
यस्तै उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले प्राधिकरण र उर्जा मन्त्रालयका असमझदारीले विद्युत आपूर्तिमा समस्या आएको बताउदै तत्कालै समधान गर्न अनुरोध गरेका छन्। दुई सरकारी निकायबीचको असमझदारीको असर उद्योग क्षेत्रले भोग्नु परेको उनको ठहर छ।