काठमाडौं। सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ ५जी स्मार्टफोनको प्रि(अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले यो फोनको प्रि-अर्डर गरी विशेष अफर लिन सक्ने छन्।
ग्यालेक्सी ए ५६ ५जीले पहिलो पटक 'एनीसम इन्टेलिजेन्स'सहितको एआईयुक्त फोन ल्याएको हो। वान यूआइ ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअललाई नयाँ उचाइमा पुर्याएको छ।
साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।
विशेष प्रि-अर्डर अफरहरू:
दुई हजार तिरेर ग्यालेक्सी ए ५६ ५जी प्रि-अर्डर गर्न सकिने छ।
प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ मूल्य पर्ने ग्यालेक्सी फीट ३ केवल ३ हजार ९९९ मा प्राप्त गर्ने अवसर पाउने छन्।
उपलब्ध भेरियन्टहरू:
१२ जीबी र्याम २५६ जीबी स्टोरेज- ७०,९९९
८ जीबी र्यामं २५६ जीबी स्टोरेज- ६५,९९९
ईएमआई सुविधा:
सामसङ इस्टा फाइनान्स सेवाअन्तर्गत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा उपलब्ध छ। प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्ने छ।