काठमाडौं। सेयर बजार साताको पाँचै दिन घटेर बन्द भएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३८ अंकले घट्दै २६६९.७६ विन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से १४.८८ अंकले घटेको थियो भने मंगलबार ७.६६ अंक, सोमबार १०.१४ अंक र आइतबार २१.६३ अंकले संकुचित बनेको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १७ अंकले बढेको भएपनि त्यसअघिका सात कारोबार दिन लगातार घटेको थियो। सूचक लगातार सात कारोबार दिन घट्नुअघिका नौ कारोबार दिन भने निरन्तर बढेको थियो।
बिहीबार नेप्सेमा कुल ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने ५ अर्ब ११ करोड र मंगलबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार डोल्टी पावर कम्पनीको सेयर मूल्य ६.९० प्रतिशतले बढ्दा मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य ०.४८ प्रतिशत, विकास बैंक समूहको ०.१८ प्रतिशत, फाइनान्स समूहको १.२६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ०.६९ प्रतिशतले घटेको छ।
आज लगानी समूको सेयर मूल्य ०.२२ प्रतिशत, जीवन बिमा समूहको ०.०४ प्रतिशत, उत्पादन समूहको ०.७० प्रतिशत, लघुवित्त समूहको ०.६६ प्रतिशत, म्युचअल फन्डको ०.३९ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.८९ प्रतिशतले घटेको छ।