काठमाडौं। ग्लोबल टेक जायन्ट जेडटिइ नेपालमा पुन: प्रवेश गर्ने तयारी गर्दै छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनको साथ जेडटिई नेपालमा आउने तयारी गरिरहेको हो।
कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ। जेडटिई नेपालका लागि कुनै नौलो नाम होइन।
कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा पहिलो पटक मोबाइल डाटा सेवा ल्याएर इतिहास रचिसकेको कम्पनीले सन् २०१६ मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट-फ्रेन्डली स्मार्टफोनमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो।
यस पटक जेडटिई ब्लेड र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोन नेपाली बजारमा ल्याइँदै छन्। जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्ने छ।
त्यस्तै, हाई-स्पीड, दमदार ब्याट्री र प्रो-लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स आउँदै छ। जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोन पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गर्दै छन्।
यी नयाँ स्मार्टफोनमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन्। उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताका लागि जेडटिइका यी नयाँ स्मार्टफोन उपयुक्त विकल्प बन्ने छन्।