काठमाडौं। सेयर बजार १४.८८ अंकले घटेको छ। साताको चौथो दिन बुधबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन मंगलबार पनि ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा रोकिएको थियो। यसअघि नेप्से सोमबार १०.१४ अंक र आइतबार २१.६३ अंकले घटेको थियो।
बुधबार नेप्सेमा कुल ५ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएका मध्ये ५३ कम्पनीका सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ। यस्तै ७, कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३९ प्रतिशत, गरिमा समृद्धि योजनाको ७.६९ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्टको ७.३५ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ।
बुधबार सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२० प्रतिशत, हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.५२ प्रतिशतले घटेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको १.५३ प्रतिशत, जलविद्युत समूहको ०.६७ प्रतिशत, लगानी समूहको ०.४९ प्रतिशत र जीवन बिमा समूहको सेयर मूल्य १.४८ प्रतिशतले घटेको छ।
यस्तै, उत्पादन समूहको सेयर मूल्य ०.३३ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्य ०.४८ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन समूहको सेयर मूल्य ०.१० प्रतिशत र म्युचअल फण्ड समूहको सेयर मूल्य ०.०३ प्रतिशतले बढेको छ।