काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम दिन माफी दिएका सबै व्यक्तिमाथि कारबाही हुने बताएका छन्। यसमा उनका छोरा हन्टर बाइडेन पनि पर्छन्।
ट्रम्पले भने, ‘पद छोड्नुभन्दा ठीक अगाडि बाइडेनले गलत तरिकाले माफी दिएका सबै व्यक्तिहरू अब अनुसन्धानको सामना गर्ने छन्।’
बाइडेनले राजनीतिक गुण्डा र अरू धेरैलाई माफी दिएको ट्रम्पको दाबी छ। यी कागजातमा हस्ताक्षर नगरेकाले उनलाई के गर्दै छ? भन्ने पनि थाहा थिएन। उनको हस्ताक्षर अटोपेनले गरिएको थियो। अटोपेन एउटा मेसिन हो। जसले मानव हस्ताक्षरको ठ्याक्कै प्रतिलिपि बनाउँछ।
यो विशेष गरी आधिकारिक कागजातमा हस्ताक्षर गर्नका लागि डिजाइन गरिएको हो। अमेरिकी राष्ट्रपतिहरूले दशकौंदेखि अटोपेन प्रयोग गर्दै आएका छन्।
हन्टर बाइडेनमाथि अवैध बन्दुक राखेको आरोप
राष्ट्रपति पद छोड्नुअघि जो बाइडेनले आफ्ना छोरा हन्टरको सजाय माफी दिएका थिए। बाइडेनमाथि अवैध रूपमा बन्दुक राखेको र कर छली गरेको आरोप थियो।
हन्टरलाई गत वर्ष डिसेम्बर ४ मा सजाय सुनाइने तय भएको थियो। गैरकानुनी रूपमा बन्दुक खरिद गर्नेको अधिकतम सजाय २५ वर्षको जेल सजाय हुन सक्थ्यो।
तर, सजाय सुनाउनुभन्दा दुई दिनअघि बुबा जो बाइडेनले आफ्नो छोरालाई बचाउन आफ्नो राष्ट्रपतिको शक्ति प्रयोग गरेका थिए।