काठमाडौं। सेयर बजार १०.१४ अंकले घटेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्च (नेप्से) १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको हो। अघिल्लो कारोबार दिन आइतबार पनि २१.६३ अंकले घटेर २७३९.५५ बिन्दुमा रोकिएको थियो।
सोमबार नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ६ अर्ब ७२ करोड रुपैयाँ बरारबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका मध्ये ८५ कम्पनीका सेयर मूल्य बढ्दा १४५ कम्पनीको भने घटेको छ। यस्तै १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार राप्ती हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशत, सामुदायीक लघुवित्त वित्तीय संस्थाको ८.०३ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशत र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.१३ प्रतिशतले बढेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, जलविद्युत् समूहको ०.२३ प्रतिशत, जीवन बिमा समूहको ०.५१ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्य ०.०१ प्रतिशतले घटेको छ।
यस्तै, फाइनान्स समूहको सेयर मूल्य ०.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशत, लगानी समूहको ०.१८ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य ०.४४ प्रतिशतले बढेको छ।