काठमाडौं। सेगवेको सबैभन्दा धेरै बिक्री हुने मोडल पुनः उपलब्ध गराइएको कम्पनीले जनाएको छ। सेगवे नाइनवट इलेक्ट्रिक स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले सबैभन्दा धेरै बिक्री हुने ई–१०० मोडल पुनः उपलब्ध गराएको हो।
अमेरिकी ब्रान्ड सेग्वेले पहिलो ३० ग्राहकका लागि विशेष अफर र छुट ल्याएको बताएको छ। ‘सेगवे ई–१००’ ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको छ। बजारमा सेगवेका ‘ई–१००’, ‘एन–१००’, ‘ई–१००एल’ र ‘ई–१२५’ मोडेल उपलब्ध छन्। सेगवे ई–१०० को नेपाली बजार मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ।
सेगवे ई–१०० मा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ। यसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार प्रकाश फाल्छ। यो ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री छ। डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ। साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुई बटन छन्। एउटाले स्कुटरलाई अन÷अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ। सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
सेगवेका स्कुटरमा रमाइलो सवारी अनुभवका लागि सहज र आरामदायी सिट छन्। बलियो इन्जिन र प्रभावशाली ब्याट्रीबाहेक यी स्कुटर आकारमा ठूला छन् भने सिटमुनि पर्याप्त ठाउँ उपलब्ध छ।
सेगवेका स्कुटरमा अटोमेटिक टायरको विशेषता पनि छ। १० सेकेन्डसम्म प्रयोग नगरे आफैं टायर र ह्यान्डल लक हुन्छ। त्यस्तै कुनै मानिसले प्रयोग गर्न खोजे अर्लाम बज्ने फिचर यी स्कुटरमा उपलब्ध छ।
नाइनबट चीनको बेइजिङमा २०१२ मा स्थापना भएको अध्ययन तथा विकास, उत्पादन, बिक्री र सेवा एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण सञ्चालक हो। २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो।
विश्वका ८० देश तथा क्षेत्रमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनी बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, आम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र तियानजिनमा छन्।