काठमाडौं। स्कुटर राइडिङको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ।
नेपालकै पहिलो १० पीएसभन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ। स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइनसहितको विशेषता प्रस्तुत गरेको छ।
एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सीमाभन्दा पर जान चाहने राइडरका लागि निर्माण गरिएको हो। यसमा स्ट्रिट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन्। स्ट्रिट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन्।
त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रतिघण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रतिघण्टाको अधिकतम गति दिन्छ। एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ।
यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ। यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डमार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्सन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्ससहित प्रस्तुत गरिएको छ। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘रेस ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्सको संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ।’
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।