काठमाडौं। सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको धनगढी उपमहानगर ३ बाट एक जना सोही जिल्लाको घोडाघोडी नगरपालिका ७ हरिनगरबाट चार जना चितवन, भरतपुर महानगर १२ बाट चार जना, सोही जिल्लाको चितवन, खैरहनी नगरपालिका १० सुर्तनीबाट तीन जनालाई शनिबार साँझ पक्राउ गरिएको हो।
त्यसैगरी, दाङको घोराही उपमहानगर ८ स्यानी गाउँबाट एक किशोर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ बाट एक जना, सोही जिल्लाको बेदकोट नगरपालिका ७ बाट अर्का एक युवक लागु औषधसहित पक्राउ परेका हुन्।
रूपन्देहीको शुद्धोधन गाउँपालिका १ सिसैबाट एक जना, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ गोलचोकबाट चार जना, विराटनगर महानगर १५ एक नम्बर ढाटबाट एक जनालाई पक्राउ गरिएको छ।
अभियुक्तहरूले अवैध रूपमा लागुऔषध खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र स्पास्पेन ट्याब्लेटलगायत निषेधित वस्तु बोकेका थिए।