काठमाडौं। सेयर बजारमा २१ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अंकले घट्दै २७१४.८५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा थियो। बिहीबार भने नेप्से बन्द थियो
बुधबार अघिका सात कारोबार दिन भने नेप्से लगातार घट्दा १७१ अंकले संकुचित बनेको थियो। त्यसअघिका नौ कारोबार दिन भने नेप्से लगातार बढ्दै २१२ अंकले उकालो लागेको थियो।
आइतबार नेप्सेमा कुल ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१९ प्रतिशत, विशाल बजार कम्पनी ५.३४ प्रतिशत, आरएसडी लघुवित्त वित्तीय संस्था ४.४३ प्रतिशत, उपकार हेवाखोला हाइड्रोपावर कम्पनी ४.१८ प्रतिशतले बढेको छ।
आइतबार ग्रिन डेभलपमेन्ट बैंक ७.९१ प्रतिशत, पिपल्स हाइड्रोपावर कम्पनी ७.३३ प्रतिशत, वीन नेपाल लघुवित्त वित्तीय संस्था ६.६३ प्रतिशत, प्रभु इन्सुरेन्स ६.३७ प्रतिशतले घटेको छ।
आइतबार बैंकिङ समूह सेयर मूल्य ०.८० प्रतिशत, डेभलपमेन्ट बैंकिङ समूहको सेयर मूल्य २.२५ प्रतिशत, फाइनान्स समूहको सेयर मूल्य १.३९प्रतिशत, होटल तथा पर्यटन समूह ०.५३ प्रतिशत, हाइड्रोपावर समूहको सेयर मूल्य १.२९ प्रतिशत, लगानी समूह सेयर मूल्य १.७२ प्रतिशत, जीवन बिमा समूह १.०६ प्रतिशत, उत्पादन समूह ०.०१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८८ प्रतिशतले घटेको छ।