नेपालीहरू व्यापार, रोजगारी र अध्ययनका लागि विदेश जाने क्रम निरन्तर जारी छ। विदेश पुगेपछि शिक्षा र सीप हासिल गरी उतै स्थापित हुने नेपालीहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भइरहेको छ। विदेशमा नेपालीहरूको लोभलाग्दो प्रगति देखिन्छ। विश्वका जुनसुकै मुलुकमा पुगे पनि उनीहरूले नेपालप्रति माया घटाएका छैनन्। विभिन्न समयमा नेपाल फर्किने मात्र होइन, पछिल्लो समय विदेशमा सँगै नेपालमा पनि लगानी विस्तार गरिरहेका छन्।
विदेशमा सिकेको, देखेको र गरिरहेको कामलाई नेपालमा विस्तार गरी रोजगारी सिर्जना मात्र गरेका छैनन्, देशलाई राजस्वसमेत बुझाइरहेका छन्। विश्वभर छरिएर रहेका युवाहरूलाई एकीकृत गर्दै सामूहिक लगानी विस्तार गरी मुलुकको समृद्ध विकासमा टेवा पुर्याउने उद्देश्यले लामो समयदेखि अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ। यस महासंघले विश्वभर रहेका युवा उद्यमीहरूलाई एकीकृत गराउनुका साथै नेपालमा लगानी भित्र्याउनका लागि सहजीकरणसमेत गर्दै आएको छ।
विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न सहज वातावरण कसरी बनाउनेरु लगानी सुरक्षित राख्न सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छरु यस्तै विषयमा केन्द्रित रहँदै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका उपाध्यक्ष प्रकाश थापासँग क्यापिटल नेपालका सुवास योञ्जनले गरेको कुराकानी:
विदेशमा बस्ने युवाहरूले नेपाललाई कसरी हेर्छन्? यहाँको विकास र सामाजिक गतिविधिलाई कसरी नियालिरहेका हुन्छन्?
अलिक फरक सुनिएला, तर नेपालमा बस्नेभन्दा विदेशमा रहेका नेपालीहरूले नेपाललाई अझ बढी माया गर्छन्। नेपालका विषयमा बढी चासो राख्छन् र सचेत पनि हुन्छन्। अहिले विशेषगरी युवाहरूले नेपालमा गएर विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। नेपालमा युवा पुस्तालाई स्वागत गर्ने वातावरण देखिए पनि, यहाँको राजनीति भने स्वागत गर्न नसकेको देखिन्छ।

विदेशमा रहेका युवाहरू आफ्नो लगानीसँगै ठोस योजना लिएर नेपाल आउँछन्। तर, यहाँ आएर राजनीति र कर्मचारीतन्त्रका कारण काम गर्न कठिनाइ भोग्नुपर्छ। यहाँ एउटा कम्पनी दर्ता गर्न पनि निकै समय लाग्छ, जसले धेरै फरक पार्न सक्छ। त्यसैले विदेशमा बस्ने हरेक नेपालीको शरीर भले विदेशमा होस्, तर मन मस्तिष्क नेपालमै केन्द्रित हुन्छ।
तपाईंले विदेशमा पनि लगानी गर्नुभएको छ, नेपालमा पनि गर्दै हुनुहुन्छ। यहाँ र त्यहाँको वातावरणमा के फरक पाउनुभएको छ? के सुधार भए नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्छ?
सबैभन्दा ठूलो चुनौती भनेकै काम गर्ने शैली हो। उदाहरणका लागि, दुबईमा २४ घण्टाभित्र कम्पनी दर्ता गर्न सकिन्छ। बैंकहरूले करमा सहुलियत दिन्छन्। तर नेपालमा एउटा कम्पनी खोल्न मात्रै दुई तीन हप्ता लाग्छ। अझ कागजात पूरा गर्न निकै झन्झट छ। यस्तो अवस्थामा कसरी काम हुन्छ?
नेपालमा विदेशी लगानी भित्र्याउन झन् कठिन छ। दुबईमा जोसुकै आएर व्यवसाय सुरु गर्न सक्छ, तर नेपालमा आफैँ उपस्थित भएर औँठाछाप लगाए पनि गाह्रो छ।
नेपालमा विदेशी लगानी भित्र्याउन झन् कठिन छ। दुबईमा जोसुकै आएर व्यवसाय सुरु गर्न सक्छ, तर नेपालमा आफैँ उपस्थित भएर औँठाछाप लगाए पनि गाह्रो छ। यहाँ नीति तथा सरकारी प्रणाली मुख्य चुनौती बनेको छ। यी कुरामा सुधार ल्याउन आवश्यक छ।
के सरकार वा गैरआवासीय नेपाली संघले यी चुनौती समाधान गर्न पहल गरेको छैन?
हामीले विभिन्न कार्यक्रमहरूमार्फत नेपालका उद्योगमन्त्रीदेखि उच्च तहका कर्मचारीलाई जानकारी गराएका छौँ। तर, कार्यक्रमको अवधिभर उहाँहरू भावुक बन्नुहुन्छ, नेपाल फर्किएपछि भने बिर्सिनुहुन्छ। अझै पदमा पुगेपछि त झन् सबै कुरा बिर्सनुहुन्छ।

व्यवस्था मिलाउन सकिन्छ, तर अहिले अस्तव्यस्त छ। हामी नेपालका सरकारी अधिकारीलाई विदेशमा लिएर गएका छौँ ताकि त्यहाँका नीति बुझून्। तर सुधारको प्रभाव देखिन सकेको छैन।
युवाहरूले व्यवसाय गर्नका लागि अहिले विश्वमा कुन देश राम्रो मानिन्छ?
सबै देशका आफ्नै नीति हुन्छन्। कुनै व्यवसाय सुरु गर्नुअघि कुन उत्पादनलाई प्राथमिकता दिने भन्ने कुरामा विश्वस्त हुनुपर्छ। सही उत्पादन रोजेपछि मात्र लगानी गर्नुपर्छ।
नेपालमा भने लहर चलाउने प्रवृत्ति छ। कहिले सिमेन्ट उद्योग, कहिले होटल व्यवसाय, अहिले जलविद्युत् पनि ठूलो परिमाणमा लगानी भइरहेको छ। लहरमा लागेको व्यवसाय दीर्घकालीन रूपमा सफल हुन कठिन हुन्छ।
नेपालमा देखासिकी बढी हुने बताउनुभयो, यसलाई कसरी सुधार्न सकिन्छ?
नेपालमा कपी पेस्ट प्रवृत्ति धेरै छ। हरेक गल्लीमा विदेशी ब्रान्ड खुलेका छन्। हामी अरूको देखासिकी गर्न मात्रै जानेका छौँ। जसले जुन क्षेत्रमा अनुभव बटुलेको छ, उसले त्यही क्षेत्रमा व्यवसाय गर्नुपर्छ।
अहिले मेरो व्यवसाय मुख्य रूपमा हस्पिटालिटी क्षेत्रमा छ। मेरो कम्पनीमा २००/३०० जनाले रोजगारी पाएका छन्। नेपालमा एग्रो व्यवसायमा पनि ध्यान दिइरहेको छु।
विदेशमा व्यवसाय गर्ने व्यक्तिहरूले आफूले जानेकै क्षेत्रमा लगानी गर्छन्, त्यसैले सफल हुन्छन्। नेपालमा भने अनुभवबिनै व्यवसाय गर्ने प्रवृत्ति छ, जसले गर्दा धेरैजसो असफल हुन्छन्।
‘Back TO Nepal' अभियान थाल्नुभएको छ, तर धेरै युवा विदेश जाँदैछन्। तपाईंहरू यसलाई कसरी हेर्नुहुन्छरु नेपाल फर्कन सल्लाह दिनुहुन्छ कि?
मेरो त के भन्नु छ भने, हरेक नेपालीले एकपटक विदेश जानैपर्छ। विदेशमा गएर हामीले धेरै कुरा सिक्न सक्छौँ।
उदाहरणका लागि, नेपालमा मुस्कानका साथ 'धन्यवाद' भन्न सक्ने संस्कार छैन। लाइन बस्दा अनुशासन पालना गरिन्न। विदेशमा सबै काम सिस्टममा हुन्छ। यी साना कुराबाट धेरै सिक्न सकिन्छ।
तर, विदेश गएर फर्किएर नेपालमै केही गर्नुपर्छ भन्ने मेरो विचार छ। अहिले नेपालमा भएका ठूला व्यवसाय धेरैजसो विदेशबाट फर्केका नेपालीहरूले सुरु गरेका हुन्।
तपाईंले नेपाल छाडेको कति वर्ष भयो? अहिले के गर्दै हुनुहुन्छ?
मैले नेपाल छाडेको लगभग १२ वर्ष भयो। नेपालमा हुँदा म मिडिया, जिमखाना, र अन्य व्यवसायमा संलग्न थिएँ। तर, सही नीति नियमको अभावमा निराश भएर विदेश जानुपर्यो।

अहिले मेरो व्यवसाय मुख्य रूपमा हस्पिटालिटी क्षेत्रमा छ। मेरो कम्पनीमा २००/३०० जनाले रोजगारी पाएका छन्। नेपालमा एग्रो व्यवसायमा पनि ध्यान दिइरहेको छु। मुना बजार भनेर ७ वटा स्टोर बनाएका छौँ, जसमा गाउँबाट उत्पादन ल्याएर विश्वभर बिक्री गर्ने योजना छ।
विदेशमा बस्ने नेपालीहरूको दोस्रो पुस्ताले नेपाललाई कसरी हेर्छ?
यसमा अभिभावकको भूमिका प्रमुख हुन्छ। म अमेरिकामा विदेशमा बस्ने नेपालीहरूको दोस्रो पुस्ताले नेपाललाई कसरी हेर्छ? यसमा अभिभावकको भूमिका प्रमुख हुन्छ। म अमेरिकामा भए पनि वर्षमा तीन-चार पटक नेपाल आउँछु। मेरो बच्चालाई नेपाल, नेपाली संस्कृति, र सम्पदाबारे जानकारी दिन्छु। तर, केही नेपालीहरूका छोराछोरीले नेपालको नामसम्म सुनेका हुँदैनन्। यो उनीहरूलाई हुर्काउने तरिकामा भर पर्छ।
अबको तपाईँको योजना के छ?
म नेपाललाई टुरिजम हब बनाउने योजनामा छु, विशेषगरी स्पिरिचुअल टुरिजम र स्पोर्ट्स टुरिजम प्रवर्द्धन गर्न चाहन्छु। नेपाललाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न आवश्यक छ। यसैका लागि, मैले विश्वका चर्चित सेलिब्रेटीहरूलाई नेपालमा ल्याउने काम गरिरहेको छु। बलिउडदेखि अन्य चर्चित व्यक्तित्व नेपाल ल्याउँदा नेपालको पहिचान बढ्ने मेरो विश्वास छ।
नेपाली युवा उद्यमीलाई के सन्देश दिनुहुन्छ?
नेपालमा धेरै अवसर छन्। विदेशमा बसेर काम गरेका नेपालीहरूलाई नेपाल फर्केर व्यवसाय गर्न सजिलो छ। किनकि हामीलाई यहाँको सामाजिक, राजनीतिक अवस्था राम्ररी थाहा छ। सक्नुहुन्छ भने, आफ्नो लगानीको २०% भाग नेपालका लागि छुट्याउनुहोस्। यसले मुलुक र उद्यमी दुवैलाई फाइदा पुग्छ।