काठमाडौं। सन् २०२४ को बजार पूँजीकरण (मार्केट क्यापिटलाइजेशन) अनुसार मरियट होटल्स संसारकै सबैभन्दा ठूलो होटल कम्पनी बनेको छ। ७७.३ अर्ब अमेरिकी डलरको बजार मूल्यसहित मरियटले अग्रस्थान सुरक्षित गरेको छ।
यस सूचीमा हिल्टन ६३.७ अर्ब डलरको बजार मूल्यसहित दोस्रो स्थानमा रहेको छ। जापानी कम्पनी ओएलसी ३३.६ अर्ब डलर मार्केट क्यापका साथ तेस्रो स्थानमा रहेको छ।
अन्य ठूला होटल समूहहरूमा स्यान्ड्स ३२.६ अर्ब डलर,आईएचजी १९.९ अर्ब डलर,जिईजी १७.९ अर्ब डलर, हयात १३.५ अर्ब डलर, अक्कोर १२.१ अर्ब डलर, आईएचसीएल ११.६ अर्ब डलर, हस्ट ११.४ अर्ब डलर, एमजीएम रिसोर्ट ९.९ अर्ब डलर, विन रिसोर्ट ९.५ अर्ब डलर र विन्धम ८.४ अर्ब डलर जस्ता होटल ब्रान्डहरू रहेका छन्।
यो सूचीले संसारभर पर्यटन उद्योगको बढ्दो प्रभावलाई झल्काउँछ। विशेषगरी अमेरिका, जापान, चीन, भारत, हङकङ, र युरोपका ठूला होटल समूहहरू प्रतिस्पर्धी सूचीमा अग्रस्थानमा छन्।
होटल तथा रिसोर्ट व्यवसाय विश्वव्यापी रूपमा पर्यटन लगानी र रोजगारीका लागि महत्वपूर्ण क्षेत्र मानिन्छ। पछिल्लो समय प्रविधिको विकास, लक्जरी पर्यटनको वृद्धी र अनुभव-आधारित ट्राभलले होटल उद्योगलाई थप उचाइमा पुर्याइरहेको छ।