काठमाडौं। लघु बिमा कम्पनीले विभिन्न क्षेत्रमा आफ्नो लगानी बढाउँदै गएका छन्। न्युन आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी स्थापना भएका लघुबिमा कम्पनीले आफ्नो व्यवसायसँगै लगानीको दायरा पनि बढाउँदै लगेका हुन्।
नेपाल बिमा प्राधिकरणका अनुसार हाल सञ्चालित तीन लघु जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनीले तोकिएको क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेका छन्।
लघु जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म कुल १ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन्। यस अवधिमा गार्डियन लाइफ इस्योरेन्सले क वर्गको बैंकका मुद्दती निक्षेपमा ५२ करोड ५ लाख, ख वर्गको वित्तीय संस्थाको मद्दतीमा ५ करोड २५ लाख, सूचीकृति पब्लिक कम्पनीको सधारण सेयरमा ६ करोड २१ लाख गरी कुल ६३ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले क वर्गको बैंकका मुद्दती निक्षेपमा ५८ करोड ३५ लाख लगानी गरेको छ। अन्य, सेक्टरमा यसले लगानी गरेको छैन।
यस्तै, लिबर्टी माइक्रो लाइफले क वर्गको बैंकका मुद्दती निक्षेपमा ४९ करोड, ख वर्गको वित्तीय संस्थाको मुद्दतीमा १ करोड, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ करोड ९ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ९९ लाख, नागरिक लगानी कोष र म्युचअल फन्डमा ७१ लाख गरी कुल ५२ करोड ८१ लाख लगानी गरेको छ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम चार वटा निर्जीवन लघु बिमा कम्पनहरुले कुल २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन्।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले क वर्गको बैंकका मुद्दती निक्षेपमा ४६ करोड ८७ लाख, ख वर्गको वित्तीय संस्थाको मुद्दतीमा २ करोड ८९ लाख, गत वर्गको वित्तीय संस्थामा ६० लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३० लाख र नागरिक लगानी कोष र म्युचअल फन्डमा ४० लाख गरी कुल ५१ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले क वर्गको बैंकको मुद्दतीमा ४९ करोड १० लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थामा २ करोड ७० लाख, ग वर्गको वित्तीय संस्थाको मुद्दतीमा ७० लाख गरी कुल ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
स्टार माइक्रो इन्स्योरेन्सले क वर्गको बैंकको मुद्दती निक्षपमा ५१ करोड ५० लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थामा ३ करोड ८० लाख, ग वर्गको बैंक तथा वित्तीय संस्थामा ४५ लाख, नागरिक लगानी कोष र म्युचअल फन्डमा १० लाख गरी कुल ५५ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ।
यस्तै, ट्रष्ट माइक्रो इन्स्योरेन्सले क वर्गको बैंकको मुद्दती निक्षपमा ४२ करोड ३५ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थामा ५ करोड ७१ लाख, ग वर्गको वित्तीय संस्थामा ३ करोड ५० लाख, सूचीकृत कम्पनीको साधारण सेयरमा १८ लाख र नागरिक लगानी कोष तथा म्युचअल फन्डमा ४० लाख गरी कुल ५२ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ।
बिमा प्राधिकरणका अनुसार लघु जीवन बिमा कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १ अर्ब ५८ करोड लगानी गरेका थिए भने लघु निर्जीवन बिमा कम्पनरुले सो अवधिसम्म २ अर्ब लगानी गरेका थिए। यसरी लघुबीमा क्षेत्रबाट गत आर्थिक वर्षसम्ममा कूल ३ अर्ब ५९ करोड ०५ लाख लगानी भएको थियो।
लघु जीवन बिमातर्फ २०८०/८१ मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३० हजार ७ सय ७३ वटा बिमालेख जारी गर्दा ४ करोड २२ लाख बराबरको बिमाशुल्क संकलन गरी २६ लाख ८२ हजार बराबरको दाबी भुक्तानी गरेको देखिन्छ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५८ हजार ७ सय ७४ वटा बिमालेख जारी गर्दा रु.९ करोड ७६ लाख ४५ हजार बराबरको बिमाशुल्क संकलन गरी ८८ लाख ३४ हजार बराबरको दावी भुक्तानी गरेको देखिन्छ भने लिवर्टि माईक्रो लाइफ इन्स्योरेन्सले १७ हजार ७ सय १० वटा बिमालेख जारी गर्दा २ करोड ९९ लाख ११ हजार बराबरको बिमाशुल्क संकलन गरी ४ लाख २५ हजार बराबरको दावी भुक्तानी गरेको देखिन्छ।
लघु जीवन बिमकले गत आर्थिक वर्षसम्म १ लाख ७ हजार २ सय ५७ बिमालेख जारी गरेको देखिन्छ भने १६ करोड ९७ लाख ७९ हजार बराबरको बिमाशुल्क संकलन गरी१ करोड १९ लाख ४१ हजार मात्र दाबी भुक्तानी गरेको देखिन्छ।
आर्थिक वर्ष २०८०÷८१ मा लघु निर्जीवन बिमकमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ४९ हजार ४ सय ७३ वटा बिमालेख जारी गर्दा ५ करोड १५ लाख ८५ हजार रूपैयाँ बिमाशुल्क संकलन गरी ६६ लाख ६८ हजार रूपैयाँ दावी भुक्तानी गरेको थियो।
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले १३ हजार ८७५ वटा बिमालेख जारी गर्दा १ करोड ६३ लाख ७७ हजार रूपैयाँ बिमाशुल्क संकलन गरी २ लाख २२ हजार बराबरको दावी भुक्तानी गरेको देखिन्छ। हरेक प्रदेशमा एक एकवटा गरी सात वटा लघुबिमा कम्पनी स्थापनाका लागि प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएकाे थियो। स्वीकृति प्राप्त गर्ने कम्पनीमा तिन लघु जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनी रहेका छन्।
बिमा प्राधिकरणले लघुबिमा कारोबार गर्न भन्दै जीवन बिमा व्यवसायका लागि तीन र निर्जीवन बिमा व्यवसायका लागि चार कम्पनीलाई २०७९ मंसिरमा अनुमति दिएको थियो।
जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (विराटनगर, मोरङ), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (वीरेन्द्रनगर, सुर्खेत) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स (पोखरा, कास्की) छन् भने निर्जीवन बिमा व्यवसायतर्फ नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर, चितवन), स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स (जनकपुरधाम, धनुषा) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी, कैलाली) अनुमति पाएका थिए।
लघुबिमा निर्देशन, २०७९ अनुसार जीवन र निर्जीवन बिमा व्यवसाय गर्ने बिमकका लागि छुट्टाछुट्टै बिमाको सीमा र क्षेत्र तोकिएको छ। लघु जीवन बिमाअन्तर्गत बिमकले आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बिमामध्ये एक वा एकभन्दा बढी व्यवसाय गर्न सक्छन् भने लघु निर्जीवन बिमकले एक वा एकभन्दा बढी प्रकारको घर, सम्पत्ति तथा व्यवसाय, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक र अन्य लघु निर्जीवन बिमा व्यवसाय गर्न सक्छन्।
जीवन बिमामा ५ लाख रुपैयाँभन्दा कम बिमांक रकम भएको जीवन बिमालाई लघु व्यवसाय मानिएको छ। तर, निर्जीवन बिमाअन्तर्गत प्रकृतिअनुसार फरक–फरक बिमांक रकम तोकिएको छ। घर, सम्पत्ति तथा व्यवसाय, मोटर (टे«लर, ट्याक्टर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडा) र इन्जिनियरिङ लघु बिमाको सीमा ५० लाख रुपैयाँ बिमांक रकम तोकिएको छ भने दायित्व तथा मौद्रिक क्षति र अन्य लघु बिमाका लागि ५ लाख रुपैयाँसम्मको बिमांक रकम तोकिएको छ।