काठमाडौं। विश्वभरका अटो उत्पादकले भारतलाई कम्पोनेन्टका लागि सोर्सिङ हबको रूपमा उदाइरहेको बताएका छन्। अटोमेकरले भारतमा अटो कम्पोनेन्टको प्रयोग बढ्दो रूपमा रहेको जानकारी दिएका हुन्।
विश्वको सबैभन्दा ठूलो अटो पाट्र्स निर्मातामध्येको टेनेकोका विश्वव्यापी कार्यकारी उपाध्यक्ष नाथन बोवेनले विश्वभरका अटोमेकरले भारतलाई कम्पोनेन्ट सोर्सिङ हबको रूपमा प्रयोग गर्ने सोच बढ्दो रूपमा रहेको बताए। ‘चीन वर्षौंदेखि व्यवसायका लागि महत्त्वपूर्ण केन्द्र हो। तर, ग्राहकले समग्र विश्वव्यापी आपूर्ति शृंखलालाई लचिलोपन प्रदान गर्न विकल्प खोजिरहेका छन्,’ टेनेकोका कार्यकारी उपाध्यक्ष बोवेनले भने, ‘ग्राहक अन्तरक्रियाको आधा भाग भारत आपूर्तिको विषयको रूपमा आउँछ।’
भारतले उत्कृष्ट प्रविधि, उत्पादन गुणस्तर र लागत प्रतिस्पर्धात्मक बजारलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ। यसबाट विभिन्न ग्राहकलाई मन पर्ने विकल्प बनाएको छ। ट्यारिफ छलफलबाट सम्भावित चुनौतीको बाबजुद टेनेकोले भारतबाट निर्यात विस्तार गर्ने योजना बनाएको छ।
भारत टेनेकोको सबैभन्दा छिटो बढ्दो बजारको रुपमा रहेको छ। टेनेकोले भारतबाट निर्यात फराकिलो बनाउने योजना पनि बनाएको छ, जुन विश्वव्यापी बिक्रीमा राजस्व योगदानमा शीर्ष पाँच देशमध्ये एक हो। टेनेकोले मुख्यतया भारतबाट उत्तरी अमेरिका र युरोपमा निर्यात गर्दछ।
बोवेनका अनुसार भारत टेनेकोको लागि ठूलो बजार हो। कम्पनीले यस क्षेत्रमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्नुका साथै गतिलाई समर्थन गर्न लगानी गर्न जारी राख्नेछ।
विश्वभरका कम्पनीले लचकता प्राप्त गर्न उत्पादन मूल्य शृंखला सुधार गर्दैछन्। उनीहरू वैकल्पिक आपूर्ति आधार थप्न भारततिर लागेका छन्। भारतीय उद्योग यस अवसरका लागि राम्रो स्थितिमा छ र विश्वव्यापी कम्पनीका लागि अनुकूल वातावरणको रूपमा बलियो बनिरहेको छ।
युरोप, जापान र कोरियाजस्ता बजारसँगको निकटताका कारण भारत रुचाइएको विश्वव्यापी उत्पादन गन्तव्य र सोर्सिङ हबको रूपमा उदाइरहेको छ।
विश्वभरका कम्पनीले लचकता प्राप्त गर्न उत्पादन मूल्य शृंखला सुधार गर्दैछन्। उनीहरू वैकल्पिक आपूर्तिका आधार थप्न भारततिर लागेका छन्। भारतीय उद्योग यस अवसरका लागि राम्रो स्थितिमा छ र विश्वव्यापी कम्पनीका निम्ति अनुकूल वातावरणको रूपमा बलियो बनिरहेको छ।
विश्वका लागि मेक इन इन्डिया
बोवेनले भारतका लागि ‘मेक–इन–इन्डिया’ मा केन्द्रित रहेर वास्तवमै विश्वको लागि ‘मेक–इन–इन्डिया’ विकास गर्ने बताएका छन्।
आपूर्तिकर्ता समुदायको सर्वोच्च निकाय अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीएमए) का अध्यक्ष सञ्जय कपुरले भारतलाई मन पर्ने विश्वव्यापी उत्पादन र सोर्सिङ गन्तव्यमा परिणत गर्ने सन्देश दिएका छन्।