काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘टाटा एस ईभी’ १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर सञ्चालन भएको जनाएको छ।
कम्पनीको सोरुम गैरीधारामा बिक्री तथा सञ्चालनले माइलस्टोन पूरा गरेको दाबीसहित उत्सव मनाएको हो।
नेपालका साना तथा एमएसएमई र कर्पोरेट व्यवसायका लागि टाटा एस ईभीले नयाँ सम्भावना देखाएको कम्पनीको दाबी छ।
हालसम्म शतप्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहक वृद्धिले टाटा एस ईभी बुटवल, चितवन, काठमाडौं, पोखरा र इटहरीका व्यवसायीका लागि भरपर्दो विकल्प बनेको कम्पनीले बताएको छ।
कार्यक्रममा टाटा मोटर्सका सीभीआईभी हेड असिफ शमिम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजनबाबु श्रेष्ठ प्रमुख उपस्थित थिए।
उनीहरूले टाटा एसईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनप्रतिको विश्वासबारे सहभागीलाई जानकारी गराए।सीईओ श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस ईभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ।’
शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस ईभी क्षेत्रमा नयाँ कीर्तिमान कायम गरिरहेको कम्पनीले जनाएको छ।