काठमाडौं। मुक्तिनाथ विकास बैंकले नागरिकलाई वित्तीय सूचनाबारे जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा बृहत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
‘साक्षर बनौं, सक्षम बनौं’ नारासहित फागुनभर सात प्रदेशका विभिन्न स्थानका किसान, उद्यमी, महिला तथा युवालाई सुरक्षित बैंकिङ कारोबारबारे जानकारी गराइएको बैंकले जनाएको छ।
कार्यक्रममा बिमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहक अधिकार, व्यावसायिक योजना तयारी, बजारीकरण सम्भावना, बजार व्यवस्थापन रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी र खर्चको सन्तुलन, बचत परिचालन, कर्जा परिचालनलगायत विषय समेटिएका थिए।
आर्थिक सामाजिक उत्तरदायित्व आत्मसाथ गर्दै यस किसिमका कार्यक्रम विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने बैंकले जनाएको छ।
बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। त्यसैगरी मोबाइल बैंकिङ क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका काम बैंक शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने बैंकले बताएको छ।