काठमाडौं । नेपालमा सबै भन्दा बढी दुईपाङग्रे सवारी साधद सञ्चालनमा छन् । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुदसम्म करिव ३५ लाख सवारीसाधन आयात भएका छन् ।
त्यसमध्ये २५ लाख दुई पाङग्रे सवारी साधन दर्ता भएका छन् । आयात भएका दुई पाङ्ग्रे सवारी साधनमध्ये सबैभन्दा बढी काठमाडौ उपत्यकामा गुडिरहेको यातायात व्यवस्था विभागका सवारी अनुगम समितीका सदस्य केशव जमरकट्टेलले बताए । सबैभन्दा बढी गुड्ने भएपनि हालसम्म नेपालमा दुई पाङ्ग्रे सवारीको प्रदुषण परीक्षण हुने गरेको छैन ।
ठूला सवारी साधनजस्तो साना सवारी परीक्षण गर्ने प्रबिधि र स्रोत साधन नभएको कट्टेल बताउछन् । उनि भन्छन् ‘विभागले ठूला चार पाङग्रे सवारी जाँच गर्ने प्रविधि, दक्ष जनशक्ति, स्रोत साधन नभएकाले अहिलेसम्म दुई पाङग्रे सवारीमा प्रदुषण जाँच नगरेको तर, प्रदुषण जाँच गर्नु पर्ने कानुनी प्रवधान छ ।’
उनका अनुसार नेपालको नीति निर्माण र कार्यन्वयन फितलो हुदाँ तथा आवश्यकता भन्दा बाहिरी काममा सरकारले ध्यान दिदा यस्तो भएको हो । सरकारले सवारी साधनबाट भन्सार भन्दा पनि राजश्व संकलन गर्छ । तर, सवारी साधनबाट निस्केको प्रदुषणले मानिसको जनजीवन तथा स्वाथ्यमा प्रत्यक्ष असर गर्ने बिषयमा ध्यान दिएको पाइदैन । सोहि कारण प्रदुषण गर्ने लाखौ दुई पाङग्रे सवारी सडकमा सडकमा निर्बाध गुडिरहेका छन् ।
यातयात व्यवस्था ऐन २०४९ को दफा २३ को उपदफा (१०को खण्ड ग) को प्रयोजनमा लागि २०५४ पुस २८ गते सरकारले सूचना प्रकाशित गरी दुई पाङग्रे सवारी साधनको प्रदूषणको मापदण्ड तोकेको थियो । उपत्यकामा दुई पाङग्रे सवारीसाधनको प्रदूषण नियन्त्रण गर्न कानुनी व्यवस्था भए पनि नियमन हुन सकेको छैन ।
२०५५ साउन १ देखि लागु हुने गरी सरकारले सुचना प्रकाशित गरेको थियो । यसका लागी दुईपाङग्रे सवारीमा कार्वन मोनोअक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत हुनु पर्ने तोकेको छ ।
त्यसै क्रममा सरकारले २०५३ कात्तिक १५ गते देखि सिंहदरवार, एयरपोर्ट र २०५५ असार १ गते देखि दरबारमार्ग, ठमेल र उपत्यकाका दरबारस्क्वायर क्षेत्र गुड्ने गाडीलाई प्रदूषण मापन गरी ग्रीन स्टीकर वितरण गर्दै आएको छ । तर, दुई पाङग्रेको प्रदूषण जाँच चाँही भएको छैन
सवारी प्रदूषण मापदण्ड नै प्रयोग विहीन
सरकारले सवारीको प्रदुषण मापन गर्न स्थापना गरेको एउटा मात्र सवारी परीक्षण कार्यालयमा उपकरणहरु नै प्रयोग विहिन छन् । सवारी परिक्षण कार्यालयका अनुसार काठमाडौं उपत्यकाका सडकमा गुड्ने ८० प्रतिशत गाडी मापदण्ड पुरा नगरेका प्रदूषित छन् । सवारी प्रदूषण परिक्षण कमै मात्रमा गरिने गरेको पाइन्छ । कानुन अनुसार दुईपाङग्रे र चार पाङग्रे दुबै सवारीको प्रदुषण जाँच गरेर मात्र चलाउनु पर्छ ।
सरकारले नेपालमा सवारी प्रदूषण मापदण्ड २०३६ साल देखि नै लागु गरेको हो । वातावरणमैत्री सवारीको प्रमाणित भएको ग्रीन स्टीकर पाउन पेट्रोल गाडीका लागि सन् १९८० सम्म उत्पादन भएकामा कार्वन मनोअक्साइड वढीमा ३ र पछिल्ला समयमा आएका गाडीहरुमा ४.५ प्रतिशत कार्वन मनोअक्साइड र हाइड्रोकार्वन बढीमा १००० पिपिएम पार्ट पर मिलियन हुनु पर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै, डिजेल गाडीको हकमा धुँवाको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयु हारट्रीज स्मोक युनिट हुनु पर्ने छ ।