काठमाडौं । काठमाडौंमा आजदेखि सूचना प्रविधि मेला सुरु भएको छ । कम्प्यूटर एसोसियसन नेपाल(क्यान)को आयोजनमा सुरु भएको क्यान इन्फोटक मेलामा स्टार्टअप कम्पनीलाई मुख्य प्रथामिकतामा राखिएका छ । आज देखी ७ गते सम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरणहरु राखिएका छन् ।
६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको क्यान इन्फोटेक मेलाको मुख्य आकर्षणको रुपमा इन्नोभेशन एक्स्पोजर रहेका छन् । स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शन गरिएको छ ।
एक सय ८५ स्टल रहेको उक्त मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथाडेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी रहार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत मेलाका प्रदर्शनमा राखिएको छ ।
क्यानले प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने नै प्राथामिकतामा राखेको कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष नवराज कुवरले बताए । उनले क्यान इन्फोटेकले सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने छ ।