काठमाडौं। लिजेन्ड प्रोपर्टीले ब्रान्ड एम्बेसडरको रुपमा क्याप्टेन विजय लामालाई भित्र्याएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा जग्गा विकास आयोजना गरी बिक्री वितरण गर्दै आएको लिजेन्डले ब्रान्ड एम्बेसडरको रुपमा लामालाई भित्र्याएको हो।
करिब ४ दशकदेखि जहाज उडाउँदै आएका लामा नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन हुन्। म जहाँ हुन्छु, त्यहाँ सुरक्षित महसुस गराउँछु भन्ने उद्देश्यका साथ लिजेन्ड प्रोपर्टीसँग आबद्ध भएको क्याप्टेन लामाको भनाइ छ।
‘जसरी मैले जहाजलाई सुरक्षित साथ गन्तव्यमा पुर्याएर यात्रुलाई खुसी बनाउँछु, त्यसैगरी लिजेन्ड प्रोपर्टीका आयोजनालाई सफल बनाएर लिजेन्ड प्रोपर्टी टिमलाई सफल बनाउँछु, उपभोक्ता सुरक्षित महसुस नगर्ने कुरै छैन किनकि यो प्रोपर्टीले सरकारी मापदण्ड पूरा गरेर मात्रै आयोजना निर्माण गरेको छ,’ क्याप्टेन लामाले भने, ‘विदेशमा गएर दुःख गर्दै काठमाडौंमा घरको सपना देख्नेलाई लिजेन्ड प्रोपर्टी उत्तम विकल्प हुन्छ।’

लिजेन्ड प्रोपर्टीका अध्यक्ष प्रविण कुस्माले भने, ‘सुरक्षित साथ लाखौं यात्रुलाई गन्तव्यमा पुर्याएर विश्वास जितिरहेका क्याप्टेन लामा सबै नेपालीका इज्जत हुन्, उनलाई सम्मान दिन पाउँदा लिजेन्ड प्रोपर्टी खुसी व्यक्त गदर्छ। उनको साथले संसारभर छरिएर रहेका हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुमा हाम्रो सहि सन्देश पुर्याउन थप मद्धत पुग्नेमा विश्वास लिएको छु।’
लिजेन्डले काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा जग्गा विकास आयोजना सञ्चालन गरिरहेको छ।
भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपाडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। आयोजनाको ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ।

चाँगुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङका लागि खुला गरिएको छ। यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदै छ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृति र निर्माण प्रक्रियामा रहेको छ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गाधनीलाई समेत सहभागिता गराउँदै आइएको छ। सरकारी मापदण्ड पूरा गर्दै सहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउँदै आएको छ।
लिजेन्डले सरकारी मापदण्ड पूरा गर्नुपर्दछ भन्ने कुरामा सजग रहँदै सरोकारवाला पक्षसँग सार्वजनिक सुनुवाइ गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको जनाएको छ।