काठमाडौं। जिली होल्डिङ समूहको रिडारा आरडी–६ ले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड जितेको छ। आरडी–६ ले थाइल्यान्डमा पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको हो। यो पुरस्कारले आरडी–६ को नवप्रवर्तन र दिगोपनामा विश्वास थपेको कम्पनीले जनाएको छ।
नेपालका लागि रिडारा गाडीको आधिकारिक वितरक सिजी मोटर्सले नेपालमा रिडारा आरडी–६ २०२४ को नाडा अटो शोमा लन्च गरेको थियो। जसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो।
जिलीको राडार ब्रान्डअन्तर्गत विकास गरिएको आरडी–६ मल्टिप्लेक्स अट्याच्ड आर्किटेक्चर एमएपीमा नर्माण गरिएको हो। जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर एसईए प्लेटफर्ममा आधारित छ।
यसमा २०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम) जसले २७२ पीएस र ३८४ एनएम टर्क प्रदान गर्दछ। यसमा ६३ किलोवाट आवरको लिथियम आयरन फस्फोट ब्याट्री दिइएको छ। यसले ३७७ कलिोमिटर रेन्ज दिने कम्पनीले दाबी गरको छ।
यसको ग्राउन्ड क्लियरेन्स २२५ एमएम छ। यसको ग्राउन्ड किल्यरेनस अन्य आइसिई पिकअपभन्दा २० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ।
यसको लम्बाइ ५२६० एमएम, चौडाई १९०० एमएम र उचाइ १८६५ एमएम छ। यसको ह्ीवलेस ३१२० एमएम रहेको छ। यसको इन्टेरियरमा लेदर यार्ड स्ट्रेरियङ ह्वील, लेदरटे सिट, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर छ।
सिजीको नेपालभर २२ सर्भिस सेन्टर उपलब्ध छन्। कम्पनीले सर्भिससहित उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी २४० बढी चार्जिङ स्टेसन उपलब्ध छन्।