काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य तोकेको छ। आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो२५,गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०,गोलभेँडा सानो (तराई) प्रतिकिलो २२,आलु रातो प्रतिकिलो ३५,आलु रातो (भारतीय) प्रतिकिलो ३६,प्याज सुकेको (भारतीय) प्रतिकिलो ६५, गाजर (लोकल) प्रतिकिलो ४० र गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
यस्तै, बन्दा लोकल प्रतिकिलो १२,बन्दा नरिवल प्रतिकिलो १५,काउली स्थानीय प्रतिकिलो २०,स्थानीय काउली ज्यापु प्रतिकिलो २०, मूला रातो प्रतिकिलो ४०,मूला सेतो लोकल प्रतिकिलो १२, सेतो मूला हाइब्रिड प्रतिकिलो २०,भन्टा लाम्चो प्रतिकिलो ५० तथा भन्टा डल्लो प्रतिकिलो ६० रुपैया तोकिएको छ।
समितिले स्याउ झोले प्रतिकिलो २५०, स्याउ फूजी प्रतिकिलो ३५०, केरा दर्जन १५०, कागती प्रतिकिलो २५०,अनार प्रतिकिलो ३५०,अङ्गुर हरियो प्रतिकिलो २००,अङ्गुर कालो प्रतिकिलो २५०, सुन्तला भारतीय प्रतिकिलो १२०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो १५०, काँक्रो लोकल प्रतिकिलो ६० र काँक्रो हाइब्रिड प्रतिकिलो ३०, रुख कटहर प्रतिकिलो १२०, निबुवा प्रतिकिलो ७०, नासपाती चाइनिज प्रतिकिलो २५०, मेवा नेपाली प्रतिकिलो ५०, मेवा भारतीय प्रतिकिलो ११० र लप्सी प्रतिकिलो १०० निर्धारण गरेको छ।