काठमाडौं। रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको ‘मेगा सर्भिस क्याम्प २०२५’ सम्पन्न भएको छ। रोयल इनफिल्डको सर्भिस सेन्टर बालकुमारी ललितपुरमा तीन दिनसम्म सञ्चालन भएको सो क्याम्प सम्पन्न भएको अल्फा अटोमोटिभ प्रालिका बान्ड तथा बजार प्रवन्धक बिश्रान्त कोइरालाले जनाकारी दिए।
उनका अनुसार कार्यक्रमको औपचारिक उद्धघाटन अल्फा अटोमोटिभ निर्देशक मेघराज पौडेलले गरेका थिए। उक्त क्याम्पमा रोयल इनफिल्ड राइडर र ग्राहकका लागि अफर,हेल्मेट सेफ्टीकाबारेमा जानकारी र विशेषज्ञहरूसँग अन्तरक्रिया गरिएको उनले बताए। सो क्याम्पबाट ग्राहकका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको उल्लेख गर्दै उनले स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा १०% छुट दिइएको जानकारी दिए।
यस्तै,कार्यक्रममा सहभागीले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, रमाइला खेल, विशेषज्ञसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरका लागि दिवा खनाको समेत ब्यवस्था गरिएको थिए।
कार्यक्रममा दुई हजार जना सहभागि भएको बताउँदै उनले पाँच सयभन्दा बढी बाइकको सर्भिसिङ गरिएको जिकिर गरे। उनका अनुसार महिला राइडर र पुराना ग्राहकसमेत कार्यक्रममा उपस्थित थिए।
अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले भने,“यस प्रकारको कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँछ। यसले ग्राहकहरूलाई सिधै कम्पनीका अधिकारीहरूसँग अन्तरक्रिया गर्न अवसर प्रदान गर्छ।“
प्रत्येक वर्ष देशभर मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरीएको कम्पनीले बताएको छ।