काठमाडौं। सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घट्दै २७५१.४२ बिन्दुमा रोकिएको हो।
अघिल्लो दिन आइतबार पनि नेप्से ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा रोकिएको थियो। फागुन १९ गतेदेखि लगातार घटेको नेप्से ६ कारोबार दिनमा १३९ अंकले संकुचित बनेको छ।
त्यसअघिका नौ कारोबार दिन भने नेप्से लगातार बढ्दै २१२ अंकले उकालो लागेको थियो।
सोमबार नेप्सेमा कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। आइतबार भने नेप्सेमा कुल १० अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार एनईएसडिओ समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशत र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने ६.९८ प्रतिशतको गिरावट आएको छ।
आज बैंकिङ समूहको सेयर मूल्य ०.४४ प्रतिशत, विकास बैंकको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य १.१६ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.५१ प्रतिशत, जीवन बिमा समूहको ०.४१ प्रतिशत, उत्पादन समूहको १.१५ प्रतिशत, लघुवित्त समूहको ०.६३ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.६८ प्रतिशतले घटेको छ।