काठमाडौ। भुक्तानी नेटवर्क, फोनपेले सक्षम नारी नयाँ अभियानको सुरू गरेको छ। यो अभियान राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, इर्सेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चाचलन भएको कम्पनीले जनाएको छ।
अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय रूपमा समावेश र आत्मनिर्भरतामार्फत सशक्त बनाउनु हो। नेपालको आर्थिक वृद्धिमा महिलाको लाई योगदान महत्त्वपूर्ण रहोले फोनपेले डिजिटल वित्तीय सेवामार्फत सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ।
सक्षम नारी अभियानको मुख्य उद्देश्य महिलामा डिजिटल वित्तीय सेवारेमा जानकारी र सचेतना दिनु हो। अभियानले महिलालाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनलाई दैनिक जीवनमा डिजिटल भुक्तानी प्रयोगमा प्रेरित गर्नेछ।
महिलालाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न प्रोत्साहन गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ।
अभियानका माध्यमबाट महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण र स्रोत उपलब्ध गराइनेछ। महिला प्रयोगकर्तालाई डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ यो अभियान मार्च ३१ सम्म चल्नेछ।
यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताले पाटर्नर बैंकहरको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवा न्यूनतम ३ पटक सम्म प्रयोग गर्नुपर्ने हुन्छ, जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ।
सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउन फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजना घोषणा गरेका छन्। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेता (कुल ‘छ’ भाग्यशाली विजेता)ले नटराज ज्वेलर्सबाट विशेष हीरा गहना प्राप्त गर्नेछन्।
साथै, प्रत्येक बैंकबाट ५० महिला विजेतालाई (कुल ३०० महिला) १,००० को सपिङ भौचर उपलब्ध गराइने फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मी बताइन्।