काठमाडौं। सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से २.७० अंकले घटेको थियो बुधबार २५.१६ अंकले, मंगलबार ३०.३६ अंकले र सोमबार १३.६२ अंकले घटेको थियो। त्यसअघिका नौ कारोबार दिन भने नेप्से लगातार बढ्दै २१२ अंकले उकालो लागेको थियो।
आइतबार नेप्सेमा कुल १० अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य १.३६ प्रतिशत, विकास बैंकको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८३ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य १.६६ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य २.४९ प्रतिशत, जीवन बिमा समूहको १.७४ प्रतिशत, उत्पादन समूहको ०.९१ प्रतिशत, लघुवित्त समूहको १.५८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.२६ प्रतिशतले घटेको छ।