काठमाडौं। टोयोटा मोटरले हाइलक्सको ब्ल्याक एडिसन भारतमा लन्च गरेको छ। कम्पनीले टोयोटाको हाइलक्स ब्ल्याक एडिसन ट्रकमा धेरै परिवर्तन गरि सार्वजनिक गरेको हो।
भारतीय बजारमा टोयोटा हाइलक्स ब्ल्याक संस्करणको सुरुवाती मूल्य भारु ३८ लाख ९० हजार निर्धारण गरिएको छ। सबै कालो थिममा डिजाइन गरिएको नयाँ टोयोटा हाइलक्स ब्ल्याक संस्करणको डेलिभरी यसै महिनाबाट सुरु हुने कम्पनीले जनाएको छ।
यो टोयोटाको पिकअप ट्रक हो। यो ट्रक भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कम्पनीले ल्याएको थियो। यसलाई नयाँ लुक र डिजाइनमा ल्याइएको छ। तर, यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन। नयाँ ब्ल्याक संस्करणमा पूर्ण रूपमा ब्ल्याक आउट फ्रन्ट रेडिएटर ग्रिल, बम्पर, फेन्डर गार्निस, फ्युल लिड गार्निस, ओआरभीएस कभर र डोर ह्यान्डलहरू पाउन सकिन्छ। ब्ल्याक एडिसनमा २.८ लिटर फोर–सिलिन्डर टर्बो–डिजेल इन्जिन छ, जुन ६ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। यो इन्जिनले ५०० एनएमको पीक टर्क उत्पादन गर्छ।
यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, ८–वे पावर सिट, अटो डिमिङ आईआरभीएम, अटोमेटिक हेडल्याम्पजस्ता धेरै सुविधाहरू छन्। सुरक्षाको लागि यसमा पनि ७ वटा एयरब्याग दिइएको छ। गाडीमा स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा जस्ता सेफ्टी फिचर समेत समावेश गरिएको छ।