काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सीजीको यूनिफाइड लाइसेन्सको बिषयमा अध्ययन थालेका बताएका छन् । गत हप्ता मन्त्री बास्कोटाले यूनिफाइड लाइसेन्स लिन सीजीले २० अर्ब तिरेर आउँनुपर्ने बताएपछि चर्को आलोचना भएसँगै उनले दूरसञ्चार प्राधिकरणसँग सम्पूर्ण डकुमेन्ड मगाएर अध्यनन थालेको जानकारी दिएका हुन ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री बाँस्कोटाले प्रक्रिया पुर्याएर आए सीजीले लाइसेन्स पाउँने बिषय पुनः दोहोर्याउदै लाइसेन्सको बिषयमा तिर्नुपर्ने रकमको बिषयमा जानकारी नभएको स्विकार गरे ।
‘कति तिर्नुपर्छ प्रक्रियामा आउँनुस्, मलाई लाइसेन्सको बिषयमा धेरै जानकारी छैन् । सीजीको लाइसेन्सको बिषयमा मैले थप अध्ययन गर्ने भएको छु’ मन्त्री बास्कोटाले भने ।
सीजीले ४१ जिल्लामा लिमिटेड मोबिलिटि सेवा, तत्कालिन ५१४ गाविसमा ग्रामिण दूरसञ्चार सेवा दिने भन्दै एक करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बताउँदै मन्त्री बास्कोटाले पूर्व शर्तहरुलाई लत्याएको आरोप लगाए । उनले सिजीलाई प्रश्न गरे ‘आफुले शर्त गरेबापत काम नगर्ने, पूर्व शर्तलाई बहिस्कार गरेर, नियम बदलेर प्राधिकरण हुँदा हुँदै मन्त्रीपरिषद्बाट निर्णय गराउँने अहिले लाइसेन्स नपाएकोमा उफ्रिने’
मन्त्री बास्कोटाले सीजीसँग लाइसेन्सको लागी जुहारी खेल्न नचाएको बताउँदै सबै प्रक्रिया पुरा गरेर आउन आग्रह गरे । मन्त्रीपरिषद्बाट निर्णय भएबमोजिम राजपत्रमा सो सुचना प्रकाशित नभएको समेत उनले बताए ।
अरुले कम्पनी खडा गर्न जोखिम मोल्नु पर्ने तर, सीजीलाई उल्टै अनुदान दिदापनि काम नगरी शर्तहरु पालना नगर्ने भन्दै उनले अक्रोश पोखे । ‘साधारण शर्त तोकिएको काम नगर्दा अनुदान के हुन्छ ? एक करोड १८ लाख डलर के हुने अब अध्ययन हुन्छ । सीजी सँग २० अर्ब माग्यो भन्नुभयो तर मेरो घरमा तेत्रो पैसाँ राख्ने हैसियत छैन् ’ मन्त्री बाँस्कोटाले भने ।
मन्त्री बाँस्कोटाले योजना बनाएर कसैलाई नरोकेको बताए । उनले मोबाइल वल्र्ड काग्रेस बर्सिलोना मेलामा सीजीलाई लाइसेन्स दिन्छु भनेर सम्झौता नगरेको र त्यहाँ मन्त्री बाँस्कोटा डुल्दै जादा भेटेको जानकारी दिए । ‘ मैले लाइसेन्स दिन्छु भनेर त्यहाँ कमिट्मेन्ट गरेको छैन’ ।