काठमाडौं। एनसेल तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर बनेको छ। नेपाल स्पोर्टस एन्ड इभेन्टस म्यानेजमेन्टले नेपाल सुपर लिग एनसएसएलको तेस्रो संस्करणका लागि नसेल आजियाटा तिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको हो।
एनएसएल नेपाल पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। शुक्रबार आयोजित एक कार्यक्रममा यस साझेदारीको घोषणा गरिएको हो।
सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने जनाइएको छ। सार्थै यसले नेपालका उदयीमान खेताडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोवतालाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने बताइएको छ।
सन् २०२१ मा स्थापना भएको एनएसएल अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना हुँदै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ।
नेपाल सुपर लिगको आधिकारिक खेल तातिका २९ मार्च २०२५ बाट सुरू हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा धन्डर्स एफसी सहित सात टिमहरूबीच प्रतिस्पर्धा हुनेछ।
पत्रकारसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भने, ‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।’
त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सिसिओ) उमैर मोहसिनले भने, ‘हाम्रो एनएसलसँगको सहकार्यले खेल विकासप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन त्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं। एनएसलाई समर्थन गरेर हामी नेपाली फुटबल खेताडीहरूलाई उत्कृष्टता हासित गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौं। यो सहकार्य हाम्रो थिम भनेको हामी तपाईंकै लागिमा आधारित रहेको छ।’ एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ।