काठमाडौं। नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीका लागि '१ लाख सेलिब्रेशन डे'का रुपमा रोमाञ्चक कार्यक्रम 'एक्सचेन्ज म्निया'को आयोजना गर्ने घोषणा गरेको छ।
यूएन पार्कमा आयोजना गरिने कार्यक्रमले राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ। कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता समावेश गरिने छन्।
जसअन्तर्गत सहभागीले टेष्ट राइड्स र अब्स्ट्याकल च्यालेञ्ज, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्पर र थप आकर्षक उपहार प्राप्त गर्न सक्ने छन्।
यो कार्यक्रममार्फत इनफ्लुएन्सर, भ्लगर र अपाचे प्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ। कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च-स्तरीय स्टण्ट शोको प्रदर्शन हुनेछ।
बाइक अपग्रेड गर्ने अवसर
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे 'एक्सचेन्ज म्निया' बाइक प्रेमीले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो। कार्यक्रमअन्तर्गत ग्राहकले दुई वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिसको मज्जा लिनुका साथै ३१ हजारसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
साथै, कार्यक्रममार्फत एक्सचेन्ज मूल्यांकनमा १० हजारसम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनालगायत सुविधा पनि उपलब्ध हुनेछ। यसअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्ने छन्। साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एक्सेसरीजको व्यवस्था रहेको छ।
नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाउँदै, टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डेका रुपमा समेत कार्यक्रमको भव्य आयोजन गर्दै छ। नेपालभर १ लाखभन्दा बढी अपाचे राइडर रहेको उत्सव, अपाचे कम्युनिटीलाई समर्पित गरिने कम्पनीले जानकारी दिएको छ।
कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो। लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोनसहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा परिवर्तन गरिरहेको छ।