काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य तोकेको छ। आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी २५,गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०,गोलभेँडा सानो (तराई) प्रतिकेजी २२,आलु रातो प्रतिकेजी ३४,आलु रातो (भारतीय) प्रतिकेजी ३२,प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ र गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ रहेको छ।
गाजर (तराई) प्रतिकेजी ३०,बन्दा (लोकल) प्रतिकेजी १२, बन्दा (तराई) प्रतिकेजी १२,बन्दा (नरिवल) प्रतिकेजी १५,काउली स्थानीय प्रतिकेजी १५,स्थानीय काउली (ज्यापु) प्रतिकेजी २० र काउली (तराई) प्रतिकेजी १५ रुपैयाँ रहेको छ। समितिले प्याज ६६ रुपैयाँ,मटरकोशा ४५ रुपैयाँ,लोकल गाजर ३५ रुपैयाँ, सेतो मूला हाइब्रिड २५ रुपैयाँ प्रतिकेजी तोकेको छ।
समितिले स्याउ (झोले) प्रतिकेजी २५०,स्याउ (फूजी) प्रतिकेजी ३५०, केरा (दर्जन) १५०,कागती प्रतिकेजी २६०,अनार प्रतिकेजी ३५०,अङ्गुर (हरियो) प्रतिकेजी २००,अङ्गुर (कालो) प्रतिकेजी २५० र सुन्तला (भारतीय) प्रतिकेजी १५० र तरबुजा (हरियो), प्रतिकेजी ६० रुपैयाँ कायम गरेको छ।