काठमाडौं। डोङफेङ नामी बिग ह्याच विद फाइभ-स्टार लक्जरीले नेपालको सडकमा पाँच सयभन्दा बढी कारको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ।
यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन: परिभाषित गर्ने प्रतिबद्धतालाई जोड दिन्छ। परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो-थीम कार्यक्रममार्फत डेब्यू गर्यो।
ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधा र प्रिमियम अपील प्रदर्शन गरेको छ।कार्यक्रमले दर्शकमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गर्यो।
नामीले आज अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ। एक विशेष समारोहमा पाँच जना ग्राहकहरूलाई गाडीको साँचो हस्तान्तरण गरिएको थियो।
देशभरि पहिले नै पाँच सयभन्दा बढी नामी कार गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ।
नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको छ। नामीको भविष्यवादी डिजाइन र उन्नत सुविधाहरूबाट सबै क्षेत्रका ग्राहक मोहित भएका छन्। यसमा फ्रेमलेसडुअर, मेमोरिसिट, फ्लशडुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ। गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणालीर १२ रहेको छ।
८ इन्चको उन्नत इन्फोटेनमेन्टकन्सोल पनि छ। जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ। नेपालको सडकमा नामी कारको संख्या बढ्दै जाँदा ब्रान्डले स्मार्ट र थप स्टाइलिश र दिगो भविष्यतर्फ डोऱ्याइरहेको छ। नामीको लागि यो केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात हो।