काठमाडौं। बजार घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ३०.३६ अंकले घटेको थियो भने सोमबार १३.६२ अंकले घटेको थियो। पछिल्लो तीन कारोबार दिन लगातार घटेको नेप्सेमा कुल ६९ अंकको गिरावट आएको छ।
सोमबार अघिका नौ कारोबार दिन भने नेप्से लगातार बढेको थियो, जसमा २१२ अंकको वृद्धि भएको थियो।
बुधबार सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ। आज नेप्सेमा कुल १० अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, सोमबार कुल १४ अर्ब २८ करोड र आइतबार १४ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य १.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, फाइनान्स समूहको १.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशत, जलविद्युत् समूहको ०.३७ प्रतिशत र लगानी समूहको सेयर मूल्य १.२४ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य १.४५ प्रतिशतले घट्दा उत्पादन समूहको ०.९४ प्रतिशत, लघुवित्त समूहको ०.५० प्रतिशत र निर्जीवन बिमा समूहको १.५१ प्रतिशतले घटेको छ। व्यापार समूहको सेयर मूल्यमा भने ०.४३ प्रतिशतको वृद्धि देखिएको छ।