काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने निर्णय मंगलबारदेखि लागू भएको छ, जुन अमेरिकाका ठूला व्यापारिक घरानाले उत्पादन गरेको वस्तुलाई संरक्षण गर्ने असाधारण कदम हो। तर यसले मुद्रास्फीतिले थलिएका उपभोक्ताहरूका ठूलो तनाव दिनुका साथै अमेरिकासहित उत्तर अमेरिकी अर्थतन्त्रलाई कमजोर पार्ने खतरा छ।
ट्रम्पले सबै चिनियाँ आयातमा लाग्ने भन्सार करलाई १० प्रतिशतबाट दोब्बर गरी २० प्रतिशत पु¥याए। अमेरिकाको यो कदमलगत्तै चीन र क्यानडाले तुरुन्तै अमेरिकी सामानमा कर लगाएर प्रतिशोध लिए, जसले गर्दा व्यापार युद्ध सुरु हुने खतरा देखा परेको छ।
ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा फेन्टानिलको प्रवाह रोक्नका लागि शुल्क आवश्यक भएको बताएको छ। राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिको दुवैलाई कार्टेल गतिविधि र घातक लागूऔषधको आगमनलाई रोक्न पर्याप्त समय दिए पनि उनीहरुले सम्बोधन नगरेका कारण यस्तो निर्णय लिन बाध्य भएको ह्वाइटहाउसद्वारा विज्ञप्तिमा भनिएको छ।
तर, शुल्क यस्तो समयमा आएका छन्, जब मुद्रास्फीति अत्यन्तै उच्च छ। समग्रमा अमेरिकी अर्थतन्त्र, हालैका तथ्यांकले प्रमाणित गरेझैं, कमजोर अवस्थामा छन्।
ट्रम्पको करले अमेरिकीहरूले तिर्ने मूल्य बढाउने खतरा छ। यी तीन राष्ट्रहरूबाट आयात गरिने विस्तृत श्रृंखलाका सामानहरूको मूल्य बढ्ने खतरा छ। वाणिज्य विभागको तथ्यांकअनुसार यी तीन राष्ट्रहले गत वर्ष सामूहिक रूपमा १.४ ट्रिलियन डलर बराबरका सामानहरू अमेरिका पठाएका थिए। यो गत वर्ष अमेरिकाले आयात गरेका सबै सामानको मूल्यको ४० प्रतिशतभन्दा बढी हो।
क्यानडाबाट आउने २५ प्रतिशत कर नलगाइने सामानमा कच्चा तेल जस्ता ऊर्जासँग सम्बन्धित वस्तु मात्र छन्, जुन अमेरिकाले त्यहाँबाट आयात गर्ने प्रमुख वस्तुमध्ये एक हो।
अमेरिकाले मेक्सिको, क्यानडा र चीनबाट आयात गर्ने प्रमुख सामानमा ताजा उत्पादन, कार र कारका पार्टपुर्जा र फोन र कम्प्युटर लगायत इलेक्ट्रोनिक्स समावेश छन् जसमा अब २० प्रतिशतदेखि २५ प्रतिशतसम्म भन्सार लाग्नेछ।
मंगलबार बिहान मेक्सिकोमा प्लान्ट भएका विश्वव्यापी कार निर्माताको स्टकमा तीव्र गिरावट आएको छ। जर्मनीको फक्सवागन बिहान ५ः४६ बजेसम्ममा लगभग ४५ ले घटेको छ भने क्रिसलर र जीप निर्माता स्टेलान्टिस लगभग ७५ ले घटेको छ।
चीन र क्यानडाकाे जवाफी प्रहार
राज्य परिषद्को कर आयोगको एक विज्ञप्ति अनुसार, बेइजिङले मंगलबार अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत कर लगाउने घोषणा गरेर बदला लिएको छ। साथै, भटमास, सुँगुर, गाईको मासु, जलीय उत्पादन, फलफूल, तरकारी र दुग्धजन्य उत्पादनमा पनि १० प्रतिशत कर लगाउने घोषणा गरिएको छ।
चीनको वाणिज्य मन्त्रालयले ड्रोन निर्माता स्काइडियो सहित १५ अमेरिकी कम्पनीहरूलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा थपेको बताएको छ।
मंगलबार नियमित ब्रीफिंगमा बोल्दै, चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने ‘यदि अमेरिकाले ट्यारिफ युद्ध, व्यापार युद्ध वा अन्य कुनै पनि प्रकारको युद्ध गर्न जोड दियो भने चीनले अन्त्यसम्म लड्नेछ।
‘दबाब, जबरजस्ती र धम्की चीनसँग सम्बन्ध राख्ने सही तरिका होइनन्। चीनमाथि अधिकतम दबाब दिन खोज्नु गलत र गल्ती हुनेछ’ उनले थपे।
अमेरिकाबाट काठ आयात रोक्ने, देशमा भटमास निर्यात गर्न तीन अमेरिकी कम्पनीहरूको अनुमति निलम्बन गर्ने र अमेरिकी फाइबर अप्टिक उत्पादनहरूको केही आयातमा एन्टी–डम्पिङ लगाउने बताइएको छ।
चीनको राज्य परिषद् सूचना कार्यालयले मंगलबार फेन्टानिलसँग सम्बन्धित पदार्थहरूको उत्पादन र वितरण नियन्त्रण गर्न सरकारले हालैका वर्षहरूमा चालेका कदमको रूपरेखा प्रस्तुत गर्ने दस्तावेज प्रकाशित गरेको छ।
क्यानडामा, प्रधानमन्त्री जस्टिन ट्रुडोले कर लागू हुनुभन्दा केही घण्टा अघि ओटावाले तुरुन्तै ३० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउनेछ। मार्च २५ सम्ममा क्यानडाले अमेरिकी सामानहरूमा थप १२५ अर्ब डलरको कर लगाउनेछ।
क्यानडाको सबैभन्दा ठूलो प्रान्त ओन्टारियोका प्रधानमन्त्रीले पनि ट्रम्पको करको प्रतिक्रियामा अमेरिकालाई ऊर्जा आपूर्ति बन्द गर्ने आफ्नो पहिलेको धम्की दोर्होयाएका छन्
निर्यातकर्ताले भन्सार शुल्क तिर्छन् भन्ने ट्रम्पको पहिलेको दाबी भए पनि वास्तवमा विदेशबाट सामान प्राप्त गर्ने पक्षले नै भन्सार शुल्क अग्रिम तिर्छन्। व्यवसायीले बढेको लागत मूल्य निर्धारण गरेर उपभोक्तालाई बिक्री गर्छन्।
खर्चमा पर्ने प्रभाव
आर्थिक विश्लेषण ब्यूरोको शुक्रबारको प्रतिवेदनले जनवरीमा उपभोक्ता खर्च अप्रत्याशित रूपमा घटेको देखाएको छ। हालैको मुद्रास्फीति प्रतिवेदनले जनवरीमा उपभोक्ता मूल्य पुन उकालो लागेको र मुद्रास्फीति उच्च गतिमा बढिरहेको देखाएको छ।
यसैबीच, २००९ पछि एक वर्षको सुरुवातमा उपभोक्ता विश्वास सबैभन्दा धेरै घट्यो, र गत महिनाको एक छुट्टै उपभोक्ता भावना प्रतिवेदनले १९७८ मा रेकर्ड सुरु भएदेखि नै सबैभन्दा ठूलो गिरावट आएको देखिएको हो। किनभने, उपभोक्ता खर्चले अमेरिकाको आर्थिक गतिविधिको दुई तिहाइ भन्दा बढी हिस्सा ओगटेको छ।
शुक्रबारको रोजगारी प्रतिवेदनले वृद्धि स्थिर देखाएको छ। गत हप्ता बेरोजगार भत्ताका लागि पहिलो पटक आवेदनहरू अपेक्षा गरिएको भन्दा बढी बढेका छन्, र ट्रम्प प्रशासनले हजारौं संघीय कामदारलाई बर्खास्त गरिरहेको छ, जसले गर्दा स्थानीय अर्थतन्त्रमा बाधा पुग्न सक्छ। संघीय खर्च पनि घटाइएको छ, जसले गर्दा केही मानिसको जीविकोपार्जन र सेवामा पहुँच बन्द भएको छ।
ट्रम्पको आप्रवासन कारबाहीले घर निर्माण, कृषि र अन्य प्रमुख उद्योगलाई पनि खतरामा पार्छ।
यसैबीच, ट्रम्पले अझै धेरै कर लाग्ने संकेत दिइरहेका छन्। गत हप्ता ट्रम्पले काठको करको अनुसन्धान गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरे। यद्यपि उनले लामो समयदेखि अमेरिकालाई क्यानेडियन काठको आवश्यकता छैन भन्ने सुझाव दिइरहेका छन्, यो करले नयाँ घरको मूल्य बढाउने खतरा छ।
ट्रम्पले सोमबार घरेलु बिक्री बढाउने प्रयासमा कृषि आयातमा कर लगाउने संकेत पनि गरे। यस्ता कर अप्रिल २ बाट लागू हुनेछन्।