काठमाडौं। लिजेण्ड प्रोपर्टीले ब्रान्ड एम्बेस्डरमा नायिका रेखा थापालाई नियुक्त गरेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा जग्गा विकास आयोजना गरी बिक्रि वितरण गर्दै आएको लिजेण्डले ब्राण्ड एम्बेस्डरको रुपमा थापालाई नियुक्त गरेको हो।
नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्दै आएकी नायिका थापालाई ब्राण्ड एम्बेस्डरको रुपमा भित्र्याएर ग्राहक माझ पुग्नलाई बलियो आधार बन्न सक्ने विश्वास लिइएको लिजेण्ड प्रोपर्टीका उपाध्यक्ष पुर्णबहादुर लिम्बुले बताए।
‘अहिलेको अवस्थामा जुनढंगले सबैको विश्वास जित्दै अघि बढिरहेका छौं, यसले हामीलाई हौसला प्राप्त हुँदै गएको छ’ उपाध्यक्ष लिम्बुले भने ‘नायिका थापाको साथले हाम्रा आयोजनाहरुलाई ग्राहक समक्ष पुर्याउन थप मद्धत पुग्नेमा विश्वस्त छौं।’
नायिका थापाले सरकारले बनाएको स्मार्ट सिटीको धारणालाई लिजेण्ड प्रोपर्टीले पुरा गरिरहेको भन्दै खुसी व्यक्त गरिन्। ‘पछिल्लो समय अस्तव्यस्त रुपमा विस्तार भइरहेको सहरीकरणको कारण सहरको स्वरुपनै कुरुप मात्र भएको छैन जोखिम समेत बढिरहेको छ,’ नायिका थापाले भनिन् ‘यस्तो बेलामा लिजेण्डले व्यवस्थित सहर निर्माण गरी सहरमा सबैको घर भन्ने सपनालाई पुरा गरिरहेको छ।’

‘तपाईहरुले देख्नु भएको योजनामा साथ दिन म आवद्ध भएको हुँ, यो व्यवसायीक उद्येश्य भन्दा आम मान्छेको सपना पूरा गर्ने कम्पनीको रुपमा स्थापित हुनुपर्छ, जनमानसको सपना आफ्नै घरमा बस्ने सपना लिजेण्डले पुरा गर्छ भन्ने अपेक्षा मैले राखेको छु,’ थापाले भनिन्।
विभिन्न बैंकहरुले समेत साथ दिइरहेकोले लिजेण्डको प्रोपर्टी खरिद गर्दा कुनैपनि ग्राहकलाई ठगिने र चर्को शुल्कले थिचिन्छ भन्ने भ्रम समेत चिर्न सफल हुने उनको भनाइ छ। उनले परियोजना निर्माण गर्दा सडक, बत्ति र ढलका कामहरुमा सरकारले साथ दिएमा जग्गाको मूल्य घट्न सक्ने भएकोले यसमा सरकारलाई विशेष ध्यान दिन समेत अनुरोध गरिन।
लिजेण्डले काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, दक्षिणकाली नगरपालिकास्थित चाङ्लाखेल र काभ्रेको बालुवामा जग्गा विकास आयोजना सञ्चालन गरिरहेको छ। भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
यस आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपाडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङको लागि खुला गरिएको छ। यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदै छ। काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृति र निर्माणको प्रक्रियामा रहेको छ। यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिँदै छ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गा धनीलाई समेत सहभागिता गराउँदै आइएको छ। सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउँदै आएको छ। सरकारी मापदण्ड पूरा गर्ने विषयमा सजक रहेको लिजेण्डले सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाई गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको जनाएको छ।