काठमाडौं। ग्लोबल आइएमई बैंकले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौती समाधान खोज्नसमेत सहयोग पुग्नेछ। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत उपलब्ध हुनेछ।
डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन र नवीनतम धारणालाई प्रोत्साहित गर्न ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ। ह्याकाथन प्रतियोगिता पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।
पहिलो चरणको लागि प्रतियोगीले २०२५ अप्रिल ४ सम्म अनलाइन पेपर प्रस्तुति गर्नुपर्नेछ भने दोस्रो चरणअन्तर्गत २०२५ मे १ मा अनसाइट ह्याकाथन हुनेछ।
बैंकले हाल ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधिबाट बैंकिङ सेवा दिँदै आएको छ।