काठमाडौं। एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाई लन्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको एलएस अटो नयाँ ऊर्जा सवारी साधन कम्पनी हो।
कम्पनीले २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम गर्दै आएको छ। कम्पनीले आफ्ने अटोमोबाइल ब्रान्डको ईभी तयार गरेको छ। संघाई लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकोप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।
कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमताएको आफ्नो कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दै छ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

एलईभी सिरिज कम्पनीले पहिली मोडेलको रूपमा एलईभी०१ कसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो। एलएस अटोले सन् २०१५ मा थप दुई मोडल एलईभी ०३ र एतईभी लन्च गर्दै छ। यी कार राइट ग्राउन्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत आउनेछन्। एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।
एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी र नेपाल भित्रिइसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।
एलईभी(०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी सम्मामा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउन्डबीचको दूरी २२१ एमएम रहेको छ।

एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यसको ब्याट्री प्याक अन्य ईभीमा जस्तो बाहिरबाट झुन्डिएको देखिँदैन।
ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ। चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्र्याग को–एफिसियेन्ट इलेक्ट्रिक एसयूभीमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ। यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ व्हिल तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, प्यानोरामिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोडजस्ता सुविधा रहेका छन्।
सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधा छन्।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडी खरिदमा कम्पनीले ८ वर्षमा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ। नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसन को मूल्य ६१ लाख १५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

आफ्नै डिजाइन हाउससमेत भएकाले यो कम्पनीले बनाएका गाडी राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै अप्सनमा एकैसाथ उत्पादन गर्छ। देशव्यापी रूपमा चार्जिङ स्टेसनसमेत विस्तार गर्ने योजना बनाएको कम्पनीले बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै सोरुम सञ्चालन गरिसकेको छ। अर्को साताभित्र ललितपुरको बालकुमारीमा पनि सोरुम सञ्चालन गर्दै छ भने मनमैजुमा सर्भिस सेन्टर स्थापना गर्दै छ।
साेमबार सार्वजनिक गाडी नायिका रेखा थापा र पूजा शर्माले खरिद गरिसकेको कम्पनीले जनाएको छ।