काठमाडौं। एनसेलले आफ्ना ग्राहकका लागि सानादेखि ठूला प्याकसम्म उपलब्ध गराउँदै आएको छ। कम्पनीले दूरसञ्चार सेवा सहज र सुलभ ढंगमा लिन पाउन भन्ने उद्देश्यले विभिन्न प्याक उपलब्ध गराउँदै आएको छ।
ग्राहकमा कतिपय समयमा कुन प्याक खरिद गर्दा उचित हुन्छ? भन्ने विषयमा दोधारमा पर्ने गरेको देखिन्छ। हुन, त ग्राहकले प्रयोग गर्ने सेवाको मात्राअनुसार प्याक खरिद गर्दा नै ग्राहकका लागि उपयुक्त हुन्छ।
एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन रिन्यूअल प्याक’ ३९९ रुपैयाँदेखि १४९९ सम्मको प्याक रहेका छन्। एनसेलको ३९९ रुपैयाँको सधै अन प्याक खरिद गर्दा ३९९ मिनेट भ्वाइस (अलनेट),८ जिबी डेटा,३९ एसएमए र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा पाउन सकिन्छ जसको अवधि ३० दिनको हुन्छ।
४९९ रुपैयाँको प्याक खरिद गर्दा ४९९ मिनेट भ्वाइस (अलनेट), १२ जिबी डेटा, ४९ एसएमए र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा पाउन सकिन्छ भने ५९९ रुपैयाँको प्याक खरिदमा ५९९ मिनेटव भ्वाइस (अलनेट), २० जिबी डेटा, ५९ एसएमए र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा प्राप्त गर्न सकिन्छ।
७९९ रुपैयाँको प्याक खरिदमा अनलिमिटेड भ्वाइस (अलनेट), ३० जिबी डेटा, ७९ एसएमएस र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा प्राप्त गर्न सकिन्छ भने ९९९ रुपैयाँको प्याक खरिदमा अनलिमिटेड भ्वाइस (अलनेट), ५० जिबी डेटा, ९९ एसएमएस र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा प्राप्त हुन्छ।
यस्तै, १४९९ रुपैयाँको प्याकमा अनलिमिटेड भ्वाइस (अलनेट), १०० जिबी डेटा, १४९ एसएमएस र अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन्। यी सबै प्याकको अवधि ३० दिनको रहेको छ। यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स (ह्यास) डायल गरेर वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ।