काठमाडौं। हुन्डाई क्रेटा ईभी परीक्षणका नेपाल भित्र्याइएको छ। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी परीक्षणका लागि नेपाल भित्र्याएको हो।
क्रेटा ईभी भारतीय बजारमा जनवरी १७ तारिखमा सार्वजनिक भएको थियो। कम्पनीले क्रेटा ईभी मार्च १५÷२० देखि बिक्री सुरु गर्ने जनाएको छ। अहिले परीक्षणका लागि मिडसाइज भेरियन्ट नेपाल ल्याएको हो।
हुन्डाई क्रेटा ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यसमा ४२ किलोवाटर र ५१.४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। क्रेटामा भएको ४२ किलोवाटको ब्याट्रीले सिंगल चार्जमा ३९० किलोमिटर र ५१.४ किलोवाटरको ब्याट्रीले ४७० किलोमिटरसम्म रेन्ज दिनेछ। क्रेटा ईभीमा ब्याट्री अप्सन जस्तै मोटर पनि दुई अप्सनमा उपलब्ध छ। यसमा ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा पाउन सकिन्छ।
क्रेटा ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायरजस्ता फिचर छन्। यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोडजस्ता फिचर छन्।