काठमाडौं। नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको छ। कम्पनीले आजबाट काठमाडौंको नक्सालस्थित अमरपाली बैंक्वेटलगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको हो।
कम्पनीका अनुसार बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्ने छन्। एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छन्।
ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु समेत पाउने कम्पनिले जनाएको छ। यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने छन्। कम्पनीका अनुसार कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लिन सकिने छ।
हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउने उल्लेख गर्दै कम्पनीले बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउने बताएको छ।
कम्पनीका अनुसार यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्ने छन्। जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ।
कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ। यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभव हुने कम्पनीको भनाइ छ।