काठमाडौं। अमेरिकी डलर खर्बपति व्यापारी एलोन मस्क आफ्नो १४ औँ सन्तानको बुबा बनेका छन्। उनको कम्पनी न्यूरालिंकका कार्यकारी शिभोन गिलिस यो बच्चाकी आमा हुन्। बच्चाको नाम सेल्डन लाइकुर्गस राखिएको छ।
शिभोनले शुक्रबार सामाजिक सञ्जाल एक्समा बच्चाको आगमनबारे जानकारी दिएकी हुन्। उनले मस्कसँग कुरा गरेपछि छोराको बारेमा जानकारी दिएको बताएकी छन्। तर, आफ्नो छोरा कहिले जन्मियो भन्ने कुरा बताएनन्।
शिभोन र मस्कका पहिले ३ सन्तान
शिभोन र मस्कका पहिले नै ३ सन्तान छन्। यसमा दुई जुम्ल्याहा छोराहरू- स्ट्राइडर र एज्युर, र एक छोरी आर्केडिया छन्। नोभेम्बर २०२१ मा मस्कले जुम्ल्याहा बच्चाहरू जन्माएका थिए। यसैबीच, गत वर्ष छोरी आर्केडियाको जन्म भएको थियो।
मस्कले कसरी जन्माए १४ सन्तान
१९९० को दशकमा क्यानडाको क्वीन्स युनिभर्सिटीमा भौतिकशास्त्र पढ्दै गर्दा मस्कले अंग्रेजी साहित्यकी विद्यार्थी जस्टिन विल्सनलाई भेटेका थिए। पहिलो नजरमै मस्क विल्सनसँग प्रेममा परे। धेरै वर्षसम्म डेट गरेपछि दुवैले जनवरी २००० मा विवाह गरे।
दुई वर्षपछि उनीहरूको जेठो छोरा नेभाडाको जन्म भयो। उनी १० हप्ताको हुँदा मृत्यु भएको थियो। २००४ मा उनीहरूले आइभीएफमार्फत जुम्ल्याहा बच्चाहरू भिभियन र ग्रिफिनलाई जन्म दिएका थिए। २००६ मा काई, स्याक्सन र डेमियन पनि आइभीएफमार्फत जन्मिए। उनीहरूको २००८ मा सम्बन्धविच्छेद भएको थियो।
२००८ मा मस्कले ब्रिटिश स्टार तालुलाह रिलेसँग डेट गर्न थाले। दुवैले २०१० मा विवाह गरे। यद्यपि, २०१२ मा उनीहरूको सम्बन्धविच्छेद भयो। उनहरूले २०१३ मा फेरि विवाह गरे।
तल्लुलाहले डिसेम्बर २०१४ मा दोस्रो पटक सम्बन्ध विच्छेदको लागि निवेदन दिए। तर, अर्को वर्ष फिर्ता लिए। मार्च २०१६ मा तल्लुलाहले तेस्रो पटक मुद्दा दायर गरिन्। यो पटक सम्बन्ध विच्छेद गरे। यो दम्पतीको कुनै सन्तान छैन।
एलोनले २०१६ को अन्त्यतिर र २०१७ को सुरुवाततिर अभिनेत्री एम्बर हर्डसँग डेट गरे। एम्बरका पूर्वपति जोनीले पछि एम्बरले एलोनसँग विवाह गर्दा आफूलाई धोका दिएको आरोप लगाए। तर, एलोन र एम्बर दुवैले यो सम्बन्धलाई अस्वीकार गरे।
सन् २०१७ मा उनीहरू अलग भए। नोभेम्बर २०१७ मा एलोनले आफू एम्बरसँग 'साँच्चै प्रेममा परेको' बताए।
यसपछि मस्क र गायक ग्रिम्सले मेट गालामा २०१८ मा डेटिङ सुरु गरे। मे २०२० मा दम्पतीले आफ्नो पहिलो बच्चालाई जन्म दिए। यसलाई एक्स एई ए-१२ नाम दिएका थिए। डिसेम्बर २०२१ मा छोरी एक्सा डार्क साइडरियलको जन्म भयो। उनको जन्म सरोगेसीमार्फत भएको हो। सन् २०२२ मा दुवै अलग भए।
एलोन मस्क हाल न्यूरालिंकका कार्यकारी शिभोनसँग सम्बन्धमा छन्। यो जोडीले हालै आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका हुन्। एलोन र शिभोनले नोभेम्बर २०२१ मा जुम्ल्याहा बच्चाहरू स्ट्राइडर र एज्युरलाई स्वागत गरेका थिए। मस्कको विश्वास छ कि विश्व हाल जनसंख्या संकटको सामना गरिरहेको छ। जसले गर्दा राम्रो आइक्यू भएका बच्चाहरू जन्माउनु पर्छ।
उनले २०२१ मा भनेका थिए, 'यदि मानिसहरूले धेरै बच्चा जन्माएनन् भने हाम्रो सभ्यता समाप्त हुनेछ।'