काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने भएका छन्।
एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत ग्राहकले रिन्यूअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्ने भएका हुन्।
अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्यूअल प्याक हालै मात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो।
‘म्याजिक रिसोर्सेज’ बोनस अफरअन्तर्गत सधैं अन रिन्यूअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटालगायत १५ विभिन्न प्याक खरिद गर्ने ग्राहकले बोनस सुविधा प्राप्त गर्न सक्ने एनसेलले बताएको छ।
७९९ को होम एन्ड अवे रिन्यूअल प्याक लिने ग्राहकले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमा प्राप्त गर्नेछन्।
अफरअन्तर्गत समावेश सधैं अन रिन्यूअल प्याकमा प्याक अनुसार ग्राहकले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन्।
यसैगरी सात दिन समयसीमा रहेको २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनसबापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्छन्।
त्यस्तै, ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन्।
बोनसस्वरुप पाइने यी सेवा, सुविधाले ग्राहक अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा थप लाभ पाउन सक्ने एनसेलले जनाएको छ।