काठमाडौं। सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ। पाहुँनालाई शाही स्वागत ‘रोयल थीम’ प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा ४० कोठा पूर्ण रुपमा सञ्चालनमा आइसकेका छन् ।
‘रोयालिटी वी लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनमा आएपछि ५५ कोठा हुने छन्। सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए। दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए।
नेपालका अन्य होटलमा आएका पर्यटकलाई पनि पृथक स्वाद र सम्मानका लागि यस होटलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ भने होटलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ। लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किश स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।
सात तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुललगायत सुविधा रहेका छन्। होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेका छन्। रेष्टुरेन्ट लगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ।
पार्किङको समेत सुविधा रहेको यो होटल काठमाडौं दरबार स्क्वायरबाट १.९ किमी टाढा छ। यहाँबाट गार्डेन अफ ड्रीम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ। होटलका कोठामा बिडेट, छुट्टै ट्वाइलेट, र सावरजस्ता सुविधा छन्, साथै हेयर ड्रायर र तौलियाहरू पनि उपलब्ध गराइएका छन्।
होटलमा अतिथिले काठमाडौंको इतिहासलाई सजिलै अनुभूति गर्न सक्छन्। किनभने चार पर्खालले घेरिएको नारायणहिटी दरबार संग्रहालय होटलबाट करिब २० मिनेटको दूरीमा रहेको छ। सोह्रखुट्टे बस स्टप नजिकै रहेको यो होटलबाट ठमेलसम्म जान ९ मिनेट पैदल यात्रा गरेर पुग्न सकिन्छ।
