काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेड उत्पादन श्रेणीमा 'कर्पोरेट उत्कृष्टता पुरस्कार-२०२४' बाट सम्मानित भएको छ।
काठमाडौंमा कर्पोरेट क्लब नेपाल प्रा.लि.द्वारा आयोजित कर्पोरेट उत्कृष्टताका लागि एचआरएम पुरस्कार कार्यक्रममार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमूलक वर्गीकरण कम्पनीमध्येबाट उत्कृष्ट भई अवार्डबाट सम्मान गरिएको हो।
उक्त कार्यक्रममा फरक-फरक विधामा विभिन्न कम्पनी तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो। जसमध्ये शिवम् सिमेन्ट्स पनि उत्पादन श्रेणीमा उत्कृष्टता पाउन सफल भएको हो।
यसअघि शिवम् सिमेन्टले एनएस गुणस्तर पुरस्कार-२०१९, ऊर्जा र वातावरण दक्षता पुरस्कार-२०१९, उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार-२०२३ (युएई), श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ (भारत), संगठन बिक्री उत्कृष्टता पुरस्कार-२०२३ र वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी-२०२२ बाट सम्मानित भएको थियो।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा ठूला परियोजनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवाका कारण सिमेन्ट ग्राहकमाझ रुचाइएको छ ।
नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस, यूआरएस प्रमाणित आइएसओ प्रमाणित प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।