काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले आज गोलभेँडा ठूलो नेपाली प्रतिकेजी ५०,गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ६०,गोलभेँडा सानो तराई प्रतिकेजी २२,आलु रातो प्रतिकेजी ३३,आलु रातो भारतीय प्रतिकेजी ३२ र प्याज सुकेको भारतीय प्रतिकेजी ७२ रुपैयाँ तोकेका छ।
यस्तै, गाजर लोकल प्रतिकेजी ३५,गाजर तराई प्रतिकेजी ३०,बन्दा लोकल प्रतिकेजी १२,बन्दा तराई प्रतिकेजी १२,बन्दा नरिवल प्रतिकेजी १२,काउली स्थानीय प्रतिकेजी २५ र स्थानीय काउली ज्यापु प्रतिकेजी ३०,काउली तराई प्रतिकेजी २५,मूला रातो प्रतिकेजी ४५ र मूला सेतो लोकल प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ।
समितिले स्याउ झोले प्रतिकेजी २००,स्याउ फूजी प्रतिकेजी ३००,केरा दर्जन १५०,कागती प्रतिकेजी १८०,अनार प्रतिकेजी ३८०,अङ्गुर हरियो प्रतिकेजी १८०,अङ्गुर कालो प्रतिकेजी २५० र सुन्तला भारतीय प्रतिकेजी १४० कायम गरेको छ।